नाइल बाँधका बारेमा छलफल गर्न सुडानद्वारा इथियोपिया र इजिप्टलाई निम्तो

एजेन्सी । सुडानका प्रधानमन्त्रीले आफ्ना इजिप्ट र इथियोपियाका समकक्षीहरुलाई नाइल नदीमा निर्माणाधीन बाँधका विषयमा छलफल गर्न आमन्त्रण गर्नु भएको छ ।
इथियोपियाको विशाल यस बाँध परियोजनालाई लिएर सुडान, इथियोपिया र इजिप्टबीच विवाद उत्पन्न भएको छ । गत साता, अफ्रिकी युनियनको अध्यक्ष मुलुक कङ्गोले आयोजना गरेको तीन देशबीचको वार्ता सहमतिमा पुग्न सकेको थिएन ।
इथियोपियाले निर्माण गरिरहेको बाँध र यसबाट सिर्जना हुने विशाल जलभण्डारको विवादले तीनै देशबीच तनाब सिर्जना गरेको छ ।
सन् २०११ मा निर्माण शुरु भएयता इजिप्टले यस बाँधका कारण आफ्नो देशमा पानीको आपूर्तिको अस्तित्वमाथि नै चुनौती सिर्जना हुने बताउँदै आएको छ । इथियोपियाले निर्माण गर्ने बाँधले सिर्जना गर्ने जलभण्डार आफ्नो लागि खतरा हुने सुडानको भनाई छ ।
सुडानको प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री अब्दल्ला हमडकले आफ्ना समकक्षी इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबौली र इथियोपियाका प्रधानमन्त्री अबिय अहमदलाई १० दिनभित्र शिखर बैठकका लागि आमन्त्रण गर्नु भएको उल्लेख छ ।
सुडानी प्रधानमन्त्री हमडकले बाँधको निर्माण निरन्तर भइरहेको र बाँधले पूर्णता पाउनुअघि निश्चित विषयमा सहमति र सम्झौता हुनुपर्नेमा जोड दिनु भएको छ । वक्तव्यमा प्रस्तावित शिखर बैठक भिडियो कन्फरेन्सका माध्यमबाट हुने उल्लेख छ ।
गत साता इथियोपियाले बाँध सम्बन्धी विस्तृत विवरण इजिप्ट र सुडानलाई उपलब्ध गराउने प्रस्ताव गरेको थियो, तर उक्त प्रस्तावलाई इजिप्ट र सुडानले अस्वीकार गरिदिएका थिए ।
इथियोपियाले नाइल नदीमा निर्माण हुने विशाल जलविद्युत आफ्नो देशको विकासका लागि अतिआवश्यक रहेको बताउँदै आएको छ ।
तर इजिप्ट र सुडानले बाँध पूर्ण कार्यान्वयनमा आउनुअघि त्रिपक्षीय सम्झौता हुनुपर्ने माग गर्दै आएका छन् ।

















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
दाङमा रास्वपा कार्यकर्ताले जलाए एमालेको झण्डा
आईसीसी टी–२० विश्वकप: समूह चरणको अन्तिम खेलमा आज अस्ट्रेलिया र ओमान भिड्दै
आज शुक्रबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
पश्चिमी न्यून चापीय प्रणालीकाे प्रभाव: हल्का वर्षा र हिमपातको सम्भावना
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार, प्रधानमन्त्री रहमानको शपथ आज
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
९५५ केजी गाँजासहित दुई जना पक्राउ
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
प्रतिक्रिया