कर्णाली प्रदेशका मुख्यमन्त्रीले ३ गते विश्वासको मत लिने
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले प्रदेश सभामा वैशाख ३ मा विश्वासको मत लिने भएका छन् । एमालेले समर्थन फिर्ता लिएको घोषणा गरेपछि मुख्यमन्त्री शाहीले विश्वासको मत लिने भएका हुन् ।
उनले त्यसका लागि प्रदेश सभा सचिवालयलाई पत्र समेत लेखिसकेका छन् । शाहीले मंगलवार प्रदेश सभा सचिवालयलाई पत्र लेख्दै विश्वासको मत लिन आफु तयार रहेकोले आवश्यक ब्यवस्था मिलाईदिन आग्रह गरेका छन् ।
‘नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम प्रदेश सभाबाट विश्वासको मत लिने प्रायोजनका लागि आवश्यक व्यवस्था मिलाइदिनु हुन अनुरोध गर्दछु,’ मुख्यमन्त्री शाहीले प्रदेश सभा सचिवालयलाई पठाएको पत्रमा उल्लेख छ ।
हेर्नुहोस् पत्र

नेकपा एमालेले चैत ५ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कर्णाली सरकार अल्पमतमा परेको थियो । उसले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई समेत फिर्ता बोलाईसकेको छ ।
मुख्यमन्त्रीका समन्वय विज्ञ तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य झकवहादुर मल्ल (सुदिप)ले भने सरकारले विश्वासको मत प्राप्त गर्ने जिकिर गरे ।
कर्णाली प्रदेश सभा ४० सदस्यीय छ । सरकारलाई वहुमतका लागि २० सिट आवश्यक पर्छ । माओवादी केन्द्रसँग १२ सिट छ । काग्रेसको ६ सिट छ । काग्रेसले त्यहा माओवादी केन्द्रलाई साथ दिने तयारी गरेको छ । थप २ सिट अन्य राजनीतिक दलवाट जुटाउने तयारीमा मुख्यमन्त्री शाहीको दौडधुप जारी छ ।
एमालेको ओली पक्षले मुख्यमन्त्रीमाथीको विश्वासको मत फिर्ता लिएपनि माधव नेपाल र झलनाथ खनाल पक्षले भने के गर्छन ? खुलिसकेको छैन । तर पार्टीले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता वोलाउने निर्णय एमालेले गरेपछि माधव नेपाल पक्षमा रहेका मन्त्रीहरु पनि राजीनामा दिएर फर्केका छन् ।
माधव नेपाल पक्षधरले तीन मन्त्रीले भने २४ गते राजीनामा बुझाएका थिए ।
संविधानको धारा १८८ को २ अनुसार सरकारमा रहेको दल विभाजन भए वा समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा त्यसको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
संविधानको त्यही प्रावधानका आधारमा मुख्यमन्त्री शाहीले ३ वैशाखमा विश्वासको मत लिन लागेको हो ।
त्यस दिन सरकारले प्रदेश सभामा यो वीचमा पशे भएका अध्यादेशहरु पहिले प्रस्तुत गर्ने, दलका नेताहरुले सम्वोधन गर्ने र त्यसपछि विश्वासको मत लिने गरी कायूसूचि तय गर्ने तयारी भएको छ ।
















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया