लामो प्रयासपछि आज साँझ बल्ल उठ्यो ‘योसिङ द्यः’अर्थात् लिङ्गो, आजै ढालियो

भक्तपुर । नयाँ वर्षको अवसरका बेलामा भक्तपुरमा आठ दिन नौ रातसम्म भव्यरुपमा मनाइने विश्व प्रसिद्ध बिस्काः जात्राको योसिङ द्यः अर्थात् ५५ हातलामो लिङ्गो २४ घण्टाको प्रयासपछि आज साँझमात्र उठेको छ ।
भक्तपुरको बिस्काः अर्थात् बिस्केट जात्राअन्तर्गत चौथो दिन तथा वर्षको अन्तिम दिन भक्तपुर नगरपालिका–५ योसिंखेलमा साँझ लिङ्गो उठाएर नयाँ वर्ष अर्थात् वैशाख १ गते दिनभरि जात्रा गरी साँझ ढाल्ने परम्परा रहँदै आएको छ तर भक्तपुरमा यस वर्ष हिजो ३१ गते साँझ करिब ५ बजेदेखि हजाराैं व्यक्तिको अगाडि यहाँका बासिन्दाले ५५ हात लामो लिङ्गो उठाउन खोजे पनि राति अबेरसम्म नसकेपछि आज फेरि उठाउने प्रयास गरेका थिए ।
अथक प्रयास पछि आज साँझ करिब पौने ७ बजे मात्रै उक्त लिङ्गो उठाइएको छ । लिङ्गो उठाएपछि गरिने सम्पूर्ण पूजा एवं तान्त्रिक विधि पु¥याएर आजै लिङ्गो ढालिएको छ । पचपन्न हात लामो लिङ्गो ठड्याउनुअघि लिङ्गोको कोखा (टुप्पो) मा नाग र नागिनीको प्रतीकस्वरूप दुईवटा ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ वटा डोरीले तानेर उक्त लिङ्गो उठाउने प्रचलनअनुसार आठ वटा मोटो एवं लामो डोरी बाधेर चारैतिरबाट गोलाकार रुपमा बसेर लिङ्गोलाई योसिङ्को प्वालमा छिराएर वरिपरिबाट डोरीको माध्यमले तानेर ठड्याइएको हो ।
लिङ्गोको कोखामा झुण्ड्याइएका दुईवटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा र आकाश भैरवका ध्वजासमेत भनिन्छ । भक्तपुरको प्रसिद्घ बिस्केटको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनुका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेको छ । यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको छ ।
लिङ्गो ढालेपछि ल्योसिङखेलबाट भैरवनाथको रथ गःहिटीमा ल्याएर भैरवनाथ र भद्रकालीको रथ जुधाइएको छ । भैरव र भद्रकाली देवदेवीको समागम जात्रा भनेर चिनिने सो जात्रालाई स्थानीयभाषामा ‘द्यो ल्वाकिगु‘ भनिन्छ । जात्रामा रथ जुधाउनुअघि बेताल देवतालाई गःहिटीमा ल्याएपछि झ्यालबाट कुखुरा दिई बलि चढाएर रथ जुधाउने परम्परा रहेको छ ।
भैरवनाथ र भद्रकालीको रथ जुधाउने जात्रा सम्पन्न भएपछि ती दुवै देवदेवीको पूजा गरिने परम्परा छ । विक्रम संवत्अनुसार सौरमासको आधारमा मनाइने बिस्केट जात्राबिःसीत अर्थात् नागनागिन मर्याे भन्ने भावका आधारमा लिच्छविकालदेखि मनाइँदै आएको संस्कृतविद्को भनाइ छ । इतिहासविद्का अनुसार किराँत शासकले शासन गर्दै आएको प्राचीन नेपाललाई जितेको खुसियालीमा लिच्छवी शासकले विजयीध्वजासहित बिस्का जात्रा मनाइएको जनश्रुति छ ।
















सिन्धुपाल्चोकमा वन डढेलो रोक्न अग्नि नियन्त्रण रेखा निर्माण गरिँदै
नातिकाजी स्मृति समाजले साङ्गीतिक क्षेत्रका हस्तीलाई पुरस्कृत गर्ने
इन्धन सङ्कटले भुटानमा जनजीवन कष्टकर
दुर्गमका बासिन्दालाई उपचारका लागि हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता
Home Minister Gurung pays homage to Pashupatinath
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया