प्यूठान दुर्घटनामा जिप्रका गुल्मीका प्रशासकीय अधिकृत न्याैपानेसहित ५ काे मृत्यु
काठमाडाैं । प्यूठानमा बुधबार भएकाे सवारी दुर्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत श्याम न्याैपानेसहित ५ जनाकाे मृत्यु भएकाे छ । जिप्रका गुल्मीका कर्मचारी सवार जिप प्यूठानकाे स्वर्गद्वारी नगरपालिका-२, रूमाले भन्ने स्थानमा सडकदेखि करीब १५० मिटर तल खसी दुर्घटना भएकाे थियाे ।
मृत्यु हुनेमा जिप्रका गुल्मीका कम्प्युटर अपरेटर सूर्यप्रसाद पन्थी, खरिदार इश्वरी भण्डारी, खरिदार यमलाल पन्थी र चालक केशव कार्की रहेकाे गृह मन्त्रालयले जनाएकाे छ। उनीहरू स्वर्गद्धारी दर्शन गर्न गएका थिए । दुर्घटनामा परी ६ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा सुनिता कँडेल, गीता बाेहरा (मुखिया), कमला पन्थी (ज्ञवाली), सार्थक ज्ञवाली, सञ्जिव परियार र मुना पाण्डे गम्भीर घाइते भएका छन् । उनीहरूलाई हेलिकाेप्टरमार्फत उद्धार गरी थप उपचारका लागि काठमाडाैं ल्याइएकाे गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।
जिपमा सवार अन्य ५ जना घाइतेलाई स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गरी डिस्चार्ज गरिएकाे बताइएकाे छ । गृह मन्त्रालयले घटनाका मृतकप्रति श्रद्धाञ्जली एवं मृतकका परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेकाे शीघ्र स्वास्थ्य लाभकाे कामना गरेकाे छ ।

















व्यवसायी दीपक भट्ट पक्राउ
सिन्धुपाल्चोकमा वन डढेलो रोक्न अग्नि नियन्त्रण रेखा निर्माण गरिँदै
नातिकाजी स्मृति समाजले साङ्गीतिक क्षेत्रका हस्तीलाई पुरस्कृत गर्ने
इन्धन सङ्कटले भुटानमा जनजीवन कष्टकर
दुर्गमका बासिन्दालाई उपचारका लागि हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया