कोरोना संक्रमण फैलिएपछि दिल्लीमा कर्फ्यू
मेरोन्यूज
२०७८ वैशाख २ गते १४:२७

एजेन्सी । कोरोना संक्रमण बढेपछि दिल्ली सरकारले ‘विकेन्ड कर्फ्यू’ लगाउने घोषणा गरेको छ ।
विकेन्ड कर्फ्यू शुक्रबार राति १० बजेदेखि सोमबार बिहान ६ बजेसम्म लागू हुनेछ । ५ हप्तामा दिल्लीमा कोरोना संक्रमितको संख्या २५ गुणाले बढेपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले यो निर्णय लिनुपरेकाे बिहीबारकाे पत्रकार सम्मेलनमा बताए ।
उनले दिल्लीमा कोरोनाको चौथो लहर अन्त्यन्तै गम्भीर देखिएका र लगातार संक्रमितको संख्या बढ्दै गएका कारण कडा निर्णय लिनुपर्ने अवस्था आएको बताए ।
नयाँ नियमअनुसार मल, जिम, स्पा, अडिटोरियम, बजार र निजी अफिस बन्द रहनेछन् । सिनेमा हल ३० प्रतिशत दर्शक राख्ने गरी खुला गरिनेछ । रेस्टुरेन्टमा बसेर खान पाइनेछैन, होम डेलिभरी भने गर्न पाइनेछ ।
सम्बन्धित















कामपाले १० वटा वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने
सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफलमा प्रधानमन्त्री
लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
कपिलवस्तुमा खोलामा डुबेर २ जनाको मृत्यु
रवि लामिछाने र प्रभु साहबीच भेटवार्ता
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया