अमेरिकी डलर लगायत अधिकांश देशको मुद्रा महंगो

काठमाण्डौं । साताको अन्तिम दिन आज शुक्रबार अमेरिकी डलर लगायक अधिकांश विदेशी मुद्राको भाउ बढेकोे छ । कारोबार भएको यो वर्षको तेस्रो दिन आज शुक्रबार अमेरिकी डलर बढेर १ अमेरिकी डलरको खदिरदर १ सय १९ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्रिदर १ सय २० रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अमेरिकी डलरसँगै अन्य धेरै मुलुकको पनि मुद्रा बढेको छ । युरो १ को खरिदद १ सय ४३ रुपैयाँ ११ पैसा छ भने बिक्रिदर १ सय ४३ रुपैयाँ ८३ पैसा रहेको छ ।
यसैगरी युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १ सय ६४ रुपैयाँ ८१ पैसा छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ६३ पैसा तोकिएको छ । अष्ट्रेलियन डलर १ को खरिद मुल्य ९२ रुपैयाँ ६० पैसा तोकिएको छ भने बिक्रिदर ९३ रुपैयाँ ६ पैसा छ ।
क्यानेडियन डलर १ को खरिददर ९५ रुपैयाँ ६९ पैसा खरिद रहेको छ भने ९६ रुपैयाँ १७ पैसा बिक्रि मुल्य रहेको विदेशी मुद्रा सटहीमा सिंगापुर डलर १ को खरिददर ८९ रुपैयाँ ५८ पैसा छ भने बिक्रीदर ९० रुपैयाँ ३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानीज एन प्रति १० बराबर १० रुपैयाँ ९९ पैसा बिक्रिदर ११ रुपैयाँ ४ पैसा रहेको छ ।
यसैगरी चाइनिज युयन १ को खरिद १८ रुपैयाँ ३२ पैसा छ भने बिक्रिदर १८ रुपैयाँ १४ पैसा कायम भएर सटहीदर रहेकोे छ । राष्ट्र बैंकले जारी गरेको बैदेशिक रकम खरिदबिक्रिदरमा साउदी अरबियन रियाल १ कोे खरिद मूल्य ३१ रुपैयाँ ८८ पैसा र बिक्रि मूल्य ३२ रुपैयाँ ४ पैसा रहेको छ । कतारी रियालको खरिद मूल्य ३२ रुपैयाँ ८४ पैसा र बिक्रि मूल्य ३३ रुपैयाँ १ पैसा कायम छ ।
युएइ दिरामको खरिद मूल्य ३२ रुपैयाँ ५६ पैसा र बिक्रि मूल्य ३२ रुपैयाँ ७२ पैसा रहेको छ । यस्तै मलेसियन रिङ्गेटको आजको खरिद मूल्य २८ रुपैयाँ ९९ पैसा र बिक्रि मूल्य २९ रुपैयाँ १४ पैसा तोकिएको छ । यस्तै साउथ कोरियाको कोरियन १०० वनको खरिददर १० रुपैयाँ ७२ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ७७ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
बाणिज्य बैंकहरु र मनि ट्रान्सफर एक्सचञ्ज कम्पनीमा पैसा सटही गर्दा झिनो रकम फरक पर्नसक्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।









एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
प्रतिक्रिया