साहरुखको ‘पठान’मा सलमान खानको केमियो

एजेन्सी । किङ खान भनेर चिनिने बलिउड अभिनेता साहरुख खानको मुख्य भूमिका रहेको चलचित्र ‘पठान’मा सलमान खानको केमियो भूमिका रहेको छ ।
चलचित्रका लागि सलमानले १० दिन यशराज स्टूडियोमा छायांकन समेत गरेका थिए । तर, भारतमा कोरोनाको संक्रमण ह्वात्तै बढेपछि चलचित्रको छायांकन रोकिएको छ ।
चलचित्रमा १० दिनसम्म केमियो भूमिकामा काम गरेका सलमानले पारिश्रमिक भने लिन नमानेको भारतीय मिडियाले उल्लेख गरेका छन् । चलचित्रको छायांकन सकिएपछि निर्माता आदित्य चोपडाले सलमानसँग पारिश्रमिकको बिषयमा कुरा गरेका थिए ।
तर, सलमानले साहरुखका लागि आफू जे पनि गर्न तयार भएको भन्दै पारिश्रमिक लिन मानेनन् । यो चलचित्रमा अधिनेत्री दीपिका पादुकोण, नायक जोन अव्राहिम लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।
सलमानले यशराज ब्यानरकै चलचित्रमा काम गरिरहेका छन् । सलमानले पारिश्रमिक नलिएपछि आदित्य चोपडाले उनलाई महंगो गिफ्ट गर्ने तयारी समेत गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।















यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
प्रतिक्रिया