नगरपालिकाको अग्रसरतामा ४५ पहिरोपीडितको घर बन्ने

गलकोट । बागलुङ नगरपालिकाले पहिरोपीडितको घर बनाइदिने गरी आवश्यक पहल थालेको छ ।
गत वर्षातमा बाढी, पहिरोले घरमा पूर्णरुपले क्षति पुर्याएका नगरपालिकाका ४५ घर परिवारलाई नगरपालिकाले घर बनाउन आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
नगरपालिकाको विपद् व्यवस्थापन समितिले नगरभित्रका ४५ पहिरोपीडित परिवारलाई एक लाख ५० हजार रुपैयाँका दरले घर बनाउन अनुदान रकम दिने निर्णय गरेको हो ।
जनताको नजिकको सरकारले पहिरोबाट विस्थापित भएकालाई घर बनाउन सहयोग पु¥याउने उद्देश्यले केन्द्र र प्रदेश सरकारसँग समन्वय गरेर आर्थिक अनुदान उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए ।
“ घर बनाउन नगरपालिकाको तर्फबाट दुई किस्ता गरेर एक लाख ५० हजार रुपैयाँ उपलब्ध गराइनेछ”, नगरप्रमुख पौडेलले भने ।
बागलुङलाई विपद् जिल्लाको रुपमा सरकारले घोषणा गरेर बाढीपहिरो पीडितलाई घर बनाउन संघीय सरकारले चार लाख रुपैयाँ, गण्डकी प्रदेश सरकारले एक लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
त्यसमा नगरपालिकाले एक लाख ५० हजार रुपैयाँ थप गर्ने निर्णय गरेको हो । घर बनाउने सूचीमा परेका पीडितले घर निर्माणको पहिलो चरण पूरा गर्नासाथ ७५ हजार रुपैयाँ पहिलो किस्ताबापत उपलब्ध गराउने नगरपालिकाका इञ्जिनीयर गौरव शर्माले जानकारी दिए ।
“घर बनाउँदा पहिरोपीडितले भूकम्प प्रतिरोधी संरचना बनाउनुपर्ने प्रावधान छ, तीन ढाँचामा नगरपालिकाले नक्सा बनाएको छ”, इञ्जिनीयर शर्माले भने, “ एक लाख ५० हजार रुपैयाँले सबै घर बन्दैन, पीडितलाई अनुदानका रुपमा उपलब्ध गराउन थालिएको हो, प्रदेश र संघीय सरकारले समेत घर बनाउन रकम दिने भएपछि पीडितले राम्रो भूकम्प प्रतिरोधी घर बनाउन सक्नेछन् ।”
संघीय सरकार र प्रदेश सरकारले पीडितको घर बनाउन दिने भनेको रकम केही ढिला भएका कारण नगरपालिकाले पीडितको घाउमा मलम लगाउन भए पनि अनुदान दिने निर्णय गरेको छ ।
उक्त घर संघीय सरकार र प्रदेश सरकारले अनुदान दिने लाभग्राहीको सूचीमा समेत छन् । सरकारले बागलुङलाई विपदग्रस्त क्षेत्रका रुपमा समेटेर बागलुङका ५९० घर पुनःनिर्माण गर्नुपर्ने तथ्याङ्क सङ्कलन गरेको थियो ।
बाढीपहिरो पीडितको घर निर्माणका लागि बागलुङ जिल्लामा सरकारले कार्यालय स्थापना गर्ने तयारीसमेत थालेको छ ।
भदौ १७ गते राति ढोरपाटनको भुजीखोला थुनिएर आएको बाढीले १०० भन्दा बढी घर बगाएको थियो । त्यसलगत्तै बागलुङलाई सरकारले विपदग्रस्त जिल्लाका रुपमा घोषणा गरेको थियो । (रासस)
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
प्रतिक्रिया