केही दिनसम्म महंगो भएको अमेरिकी डलर लगायत सबै देशको मुद्रा सस्तो

काठमाण्डौं । साताको पहलो दिन आज आइतबार अमेरिकी डलर लगायक सबै विदेशी मुद्राको भाउ घटेको छ ।
कारोबार भएको यो वर्षको तेस्रो दिन अर्थात् नयाँ वर्षको ५ औं दिन आज आइतबार अमेरिकी डलर घटेर १ अमेरिकी डलरको खदिरदर १ सय १८ रुपैयाँ ६७ पैसा छ भने बिक्रिदर १ सय १९ रुपैयाँ २७ पैसा रहेको छ । गत शुक्रबार १ सय १९ रुपैयाँ ५८ पैसा रहेको थियो भने बिक्रिदर १ सय २० रुपैयाँ १८ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
अमेरिकी डलरसँगै अन्य धेरै मुलुकको पनि मुद्रा घटेको छ । युरो १ को खरिदद १ सय ४२ रुपैयाँ १४ पैसा छ भने बिक्रिदर १ सय ४२ रुपैयाँ ८६ पैसा रहेको छ ।
यसैगरी युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १ सय ६३ रुपैयाँ ५१ पैसा छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ ३४ पैसा तोकिएको छ । अष्ट्रेलियन डलर १ को खरिद मुल्य ९१ रुपैयाँ ९६ पैसा तोकिएको छ भने बिक्रिदर ९२ रुपैयाँ ४३ पैसा छ ।
क्यानेडियन डलर १ को खरिददर ९४ रुपैयाँ ९१ पैसा खरिद रहेको छ भने ९५ रुपैयाँ ३९ पैसा बिक्रि मुल्य रहेको विदेशी मुद्रा सटहीमा सिंगापुर डलर १ को खरिददर ८९ रुपैयाँ छ भने बिक्रीदर ४९ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
जापानीज एन प्रति १० बराबर १० रुपैयाँ ९० पैसा बिक्रिदर १० रुपैयाँ ९६ पैसा रहेको छ । यसैगरी चाइनिज युयन १ को खरिद १८ रुपैयाँ २० पैसा छ भने बिक्रिदर १८ रुपैयाँ २९ पैसा कायम भएर सटहीदर रहेकोे छ ।
राष्ट्र बैंकले जारी गरेको बैदेशिक रकम खरिदबिक्रिदरमा साउदी अरबियन रियाल १ कोे खरिद मूल्य ३१ रुपैयाँ ६४ पैसा र बिक्रि मूल्य ३१ रुपैयाँ ८० पैसा रहेको छ । कतारी रियालको खरिद मूल्य ३२ रुपैयाँ ५९ पैसा र बिक्रि मूल्य ३२ रुपैयाँ ७५ पैसा कायम छ ।
युएइ दिरामको खरिद मूल्य ३२ रुपैयाँ ३१ पैसा र बिक्रि मूल्य ३२ रुपैयाँ ४७ पैसा रहेको छ । यस्तै मलेसियन रिङ्गेटको आजको खरिद मूल्य २८ रुपैयाँ ७५ पैसा र बिक्रि मूल्य २८ रुपैयाँ ९० पैसा तोकिएको छ । यस्तै साउथ कोरियाको कोरियन १०० वनको खरिददर १० रुपैयाँ ६५ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ७० पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
बाणिज्य बैंकहरु र मनि ट्रान्सफर एक्सचञ्ज कम्पनीमा पैसा सटही गर्दा झिनो रकम फरक पर्नसक्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।
















नातिकाजी स्मृति समाजले साङ्गीतिक क्षेत्रका हस्तीलाई पुरस्कृत गर्ने
इन्धन सङ्कटले भुटानमा जनजीवन कष्टकर
दुर्गमका बासिन्दालाई उपचारका लागि हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता
Home Minister Gurung pays homage to Pashupatinath
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया