गृहमन्त्रीमा बादल पुनर्नियुक्ति हुदैँ, आज ५ बजे सपथग्रहण गर्ने

काठमाडौं । सांसद पद खारेज भएसँगै पदमुक्त भएका गृहमन्त्री रामबहादुर थापा (बादल) पुनः गृहमन्त्रीमा नियुक्त हुने भएका छन् ।
नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेस गरेका रामबहादुर थापा (बादल)लाई प्रधानमन्त्रीले मन्त्री नियुक्त गर्ने प्रावधानअनुसार पुनः गृहमन्त्रीमा नियुक्त गर्न लागेको हो ।
संसद सचिवालयले आज विहान बादलको पद रिक्त भएको सूचनामार्फत जानकारी गराएको छ । यसअघि माओवादीले प्रतिनिधिसभाका चारजना सदस्य एमाले प्रवेश गरेपछि उनीहरुको पद रिक्त गराइसकेको छ । त्यस्तै एमाले प्रवेश गरेका प्रदेसशभा सदस्यहरुको पद पनि रिक्त गराइएको छ ।
एमाले नेताको हैसियतलमा बादलले आज साँझ ५ बजे राष्ट्रिपति भवनमा सपथग्रहण गर्ने भएका छन् । नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका बादल एमालेमा लागेपछि उनको पद रिक्त गराउन माओवादीले लिखित पत्र दिएको थियो ।
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
प्रतिक्रिया