गृहमन्त्रीमा बादल पुनर्नियुक्ति हुदैँ, आज ५ बजे सपथग्रहण गर्ने

काठमाडौं । सांसद पद खारेज भएसँगै पदमुक्त भएका गृहमन्त्री रामबहादुर थापा (बादल) पुनः गृहमन्त्रीमा नियुक्त हुने भएका छन् ।
नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेस गरेका रामबहादुर थापा (बादल)लाई प्रधानमन्त्रीले मन्त्री नियुक्त गर्ने प्रावधानअनुसार पुनः गृहमन्त्रीमा नियुक्त गर्न लागेको हो ।
संसद सचिवालयले आज विहान बादलको पद रिक्त भएको सूचनामार्फत जानकारी गराएको छ । यसअघि माओवादीले प्रतिनिधिसभाका चारजना सदस्य एमाले प्रवेश गरेपछि उनीहरुको पद रिक्त गराइसकेको छ । त्यस्तै एमाले प्रवेश गरेका प्रदेसशभा सदस्यहरुको पद पनि रिक्त गराइएको छ ।
एमाले नेताको हैसियतलमा बादलले आज साँझ ५ बजे राष्ट्रिपति भवनमा सपथग्रहण गर्ने भएका छन् । नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका बादल एमालेमा लागेपछि उनको पद रिक्त गराउन माओवादीले लिखित पत्र दिएको थियो ।









बाघ गणना पुस १ गतेदेखि
म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु
हुम्लाका २५ मतदानस्थल अति संवेदनशील
गोँगबु बसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
राप्रपाले बाेलायाे केन्द्रीय कार्यसमितिको बैठक
ईश्वर पोखरेलले पार्टीलाई बुझाएको अवधारणापत्रमा के छ ? (पूर्णपाठ)
समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता
एमाले महाधिवेशनको तयारी तीव्र
प्रतिक्रिया