सरकारको बहुमत रहेसम्म हामी निहुँ खोज्दैनौ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार बहुमतकै अवस्थामा रहेकाले बहुमतको सरकारसँग निहुँ नखोज्ने बताएका छन् ।
आइतबार आफ्नै निवास बुढानीलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित पुस्तक ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ विमोचन गर्दै सभापति देउवाले नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता नगरेका कारण सरकार बहुमतकै अवस्थामा रहेकाले बहुमतको सरकारसँग निहुँ नखोज्ने पनि सभापति देउवाले बताए । ‘प्रचण्डजीहरुले समर्थन फिर्ता लिनु भएको छैन ।
देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको तर नेपाली कांग्रेसले नै नेतृत्व गर्नुपर्ने राजनीतिक परिस्थिति बनेमा पछि नहट्ने उनको भनाइ छ । त्यस मानेमा बहुमतकै सरकार छ अहिले । बहुमतको सरकार भएको बेलामा हामीले अरु कुनै कुरा सोच्ने कुरा छैन,’ उनले भने, ‘त्यसकारण हामीले बहुमतकै सरकार मानेका छौं । बहुमतको सरकारमा हामीले निहुँ खोज्ने कुरा छैन । हामीलाई प्रधानमन्त्री चाहियो भनेर मरिमेट्ने कुरा पनि छैन ।’
देउवाले वर्तमान राजनीति तरल अवस्थामा रहेकाले स्थिति यतै जान्छ भनेर भन्न सक्ने अवस्था नरहेको बताए ।

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
प्रतिक्रिया