संसद् लाई घेराबन्दी गर्न खोजियो : सभामुख

काठमाडौं । सभामुख अग्नि सापकोटाले संसद्लाई घेराबन्दी गर्न खोजेको बताएका छन् ।
नेपाल पत्रकार महासङ्गको नवनिर्वाचित केन्द्रीय समितिको पदभार कार्यक्रममा उनले पत्रकारिताले सदनलाई गतिशील र चलयमान बनाउने र त्यसको रक्षा गर्ने काम भयो त्यहीबाट सदनलाई घेराबन्दी हुने काम भएको कुरालाई टिप्पणी गरेर भ्रम पार्ने काम भइरहेको छ कुनै दिन त्यो भयानक भ्रम हट्ने बताएका छन् ।
सभामुख सापकोटाले भने, ‘०६२-०६३ को आन्दोलनको मोर्चा सम्हालेका पत्रकारको भूमिका असाधारण थियो त्यतिबेला विद्रोहको बिगुल फुक्न्ने काम भयो । उनले भने – सदनलाई जीवन्त र जनमुखी बनाउन निरन्तर लागेको छु ।
कानुन निमान मात्रै होइन निर्नायक बनाउनु पर्ने बताए । पत्रकारिता गुणात्मक बनाउने मात्रै होइन के भैइरहेको छ भनेर निरन्तर अनुगमन गर्ने रहेको सभामुख सापकोटाले बताए । उनले भारतीय पूर्वरास्ट्रपति अब्दुल कलामको भनाइ स्मरण गर्दै उनीबाट प्रभावित भएको समेत बताए ।
सभामुख सापकोटाले अहिलेको अवस्था बेलायतका पत्रिकाको सम्झाना गर्दै उनले हाम्रो समाचारको विश्वशनियताका लागि कठोर कदम चाल्नुपर्ने सुझाएका छन् ।
उनले भने, ‘सभामुखको भूमिका स्वस्छ हुनुपर्छ, त्यो भूमिकामा म छु, तटस्थ हुनेगरि काम गरेको छु, जतिबेला सम्म त्यो पदमा छु देश र जनता को पक्छ मा काम गर्छु, मेरो विवेक ले काम गर्छु ।‘










जलवायु न्यायको लागि विश्वव्यापी प्रदर्शन
सरकारलाई मानवअधिकार आयोगको आग्रह- हिरासतमा देखिएका समस्या समाधानमा गम्भीर हुनू
याे सरकारलाई निर्वाचन गराउने हक छैन : ओली
नयाँ पुस्तालाई न्यायको अनुभूति हुनेगरी काम गर्न गृहमन्त्रीको निर्देशन
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
सन्तोष परियारले छाडे रास्वपा
प्रतिक्रिया