आजको राशिफलः वैशाख ६ गते सोमबार

काठमाडौं । आज २०७८ वैशाख महिनाको ६ गते सोमबार, चैत्र शुक्लसप्तमी तिथि ।
मेष
आँखा, अनुहार तथा दाँतमा चोट पटक लाग्न सक्छ । बोलीमा नरमपना ल्याउँदा शुभ हुने छ । पारिवारिक जीवनमा तनाब उत्पन्न हुने छ । प्रेमि तथा प्रेमिकाको माया प्राप्त हुने छ । पेशागत जीवनमा उपलब्धीहरु प्राप्त हुने छन् ।
वृष
वित्तिय लाभ प्राप्त हुने छ । आक्रोश बढ्ने भएकाले यसलाई नियन्त्रण गर्न सकेमा फाइदा मिल्ने छ । जीवनसाथिको भूमिकालाई बढावा दिन सकेमा आर्थिक उन्नतिमा मद्धत मिल्ने छ ।
तल्लो पेट तथा गुदद्वार विषयमा सतर्क रहँदा उपयुक्त हुने छ । भाग्यको साथ रहनाले पेशागत जीवनमा उन्नति हुने छ ।
मिथुन
अनियन्त्रित रिस उठ्ने तथा दुविधात्मक व्यक्तित्व हुने भएकाले व्यक्तित्वमा गिरावट आउने छ ।
शारीरिक रोग व्याधिको प्रकोपले सताउला । भाग्यको साथ रहने छैन् जसले निकै ढिला गरि मात्र कार्य सफलता प्राप्त हुने छ । साभेदारीमा कार्य गरेमा सफलताको मात्रा बढोत्तरी हुने छ ।
कर्कट
प्राविधिक क्षेत्रमा सफलता प्राप्त हुने छ । ब्यापार विजनेशमा उन्नति हुने छ । आम्दानीमा पनि बृद्धि हुने छ । भाग्यको साथ नभएको जस्तो भने लागि रहने छ । सन्तानहरुका क्रियाकलापबाट अपजस आउने छ । राजनीतिक क्षेत्रका व्यक्तिहरुलाई मानसम्मान तथा भुमिका बृद्धि हुन पुग्ने छ ।
सिंह
भाग्यको साथ रहने छ । पेशागत जीवन तथा रोजगारीमा सफलता मिल्ने छ, उन्नति प्रगतिको ढोका खुल्ने छ भने आम्दानीमा पनि बढोत्तरी हुने छ । ब्यक्तित्वको प्रभाव बढ्न पुग्ने छ ।
साझेदारीमा भने खटपट उत्पन्न हुन पुग्ने छ, विश्वासको अभाव हुन जाने छ ।
कन्या
कर्मशिलतामा बृद्धि हुने छ । पेशागत जीवन तथा ब्यापार विजनेशमा बढि जुध्नु पर्ने देखिन्छ । रोजगारी तथा अफिशियल क्रियाकलापहरुमा आरोप प्रत्यारोप तथा अपमानको अवस्था आउने भएकाले सतर्क भएर मात्र अघि बढ्दा उत्तम हुने छ । दम्पत्तिमा वादविवाद बढ्ने छ ।
तुला
बोलिको प्रभाव घट्ने छ । दाम्पत्य जीवनमा बादबिबाद चर्किन पुग्ने छ । ब्यापार विजनेशमा फाइदा मिल्ने छ । आँखा, अनुहार तथा दाँत आदीमा चोट पटक लाग्ने खतरा देखिन्छ ।
विशेष गरि सेवा क्षेत्र, न्यायालय आदीमा कार्यरतहरुको पेशागत जीवनमा शुभ देखिन्छ । भाग्यको अभिबृद्धि हुने छ ।
वृश्चिक
टाउको झुम्म भएको जस्तो भइरहने छ भने मनमा अलि नकारात्मक चिन्तन बढ्न पुग्ने छ । मन उदास हुने छ । चिसो लाग्ने तथा चिसो सम्बन्धी समस्याले पिरोल्ने छ । पेशागत जीवनमा समस्याहरु उत्पन्न हुने छन् ।
धनु
बोलीमा कडापन बृद्धि हुन पुग्ने छ । पारिवारिक जीवनमा मिलन हुने छ । पैतृक सम्पत्तिको उपभोग गर्ने अवसर प्राप्त हुने छ । छोटो छोटो यात्राको अवसर प्राप्त हुने छ । गोलिगाँठो तथा पैतलामा चोट पटकको खतरा रहेकाले सतर्क रहँदा उपयुक्त हुने छ ।
मकर
सेवाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि प्राप्त हुने छ । फलाम, गाडि, सवारीसाधन सम्बन्धी विषयमा लाभ प्राप्त हुने छ । रिस नियन्त्रण गर्न सकेमा व्यक्तित्वमा निखारता आउने छ ।
सूचना, प्रविधि, तथा शेयर बजारसम्बन्धि क्षेत्रमा संलग्न हुँदा लाभ प्राप्त हुने छ । दाम्पत्य जीवनमा भने वादविवाद बढ्ने छ ।
कुम्भ
प्राज्ञिक क्षेत्रका व्यक्तित्वहरुमा सफलता प्राप्त हुने छ । बुद्धिको विकास हुने छ । छाति, मुटु, फोक्सो तथा स्तन सम्बन्धी विषयमा सतर्कता अपनाउँदा उत्तम हुने छ । भित्रि बुद्धि लगाएर पेशागत जीवनमा अघि बढेमा उत्तम हुने देखिन्छ । अनुसन्धान, पुरातत्व, फोहर मैला व्यवस्थापन आदी जस्ता क्षेत्रमा संलग्नहरुल पेशागत सफलता प्राप्त गर्ने देखिन्छ ।
मीन
घर जग्गा सम्बन्धी विषयमा लाभ प्राप्त हुने छ । यस क्षेत्रसँग सम्बन्धी कार्य सफल हुने छन् । पेशागत जीवनमा भने समस्या तथा बद्नामी अवस्था आउन सक्ने देखिन्छ । भाग्यको साथ रहने छैन । शुरुमा परिवारमा नेतृत्व गर्ने अवसर आउने भएता पनि उक्त भुमिका लागि निभाउन नसक्दा विश्वास घट्न पुग्ने छ ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८
















सुनसरीमा हुरीले मकैखेतीमा क्षति
राष्ट्रपतिले जारी गरे थप तीन वटा अध्यादेश
पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो
इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड
रवि लामिछानेको निर्देशनमा रास्वपाको सचिवालय बैठक आह्वान
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
प्रतिक्रिया