अनलाइन कक्षाका लागि सूचना प्रविधिको पूर्वाधार विकास हुनुपर्नेमा जोड

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ ।
सुशील कोइराला मेमोरियल फाउन्डेसनले गत वर्षदेखि आयोजना गरेको अन्वेषण कार्यक्रमअन्तर्गत ‘सूचना प्रविधि, सरकार र योगदान’ विषयक जुम प्रविधिबाट आयोजना गरिएको कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालले अनलाइन कक्षा चलाउन प्रमुख शहरमै राम्रो पूर्वाधार विकास भइनसकेको बताए । सूचना प्रविधिमार्फत विकृति फैल्याउनेलाई कसरी रोक्ने भन्ने विषयमा चुनौती देखिएको उनको भनाइ थियो ।
सूचना प्रविधि क्षेत्र नीति, नियमको बन्धक भएको उल्लेख गर्दै उनले प्रयोगकर्ता आफैँ स्वअनुशासित र स्वनियमन हुनुपर्ने विचार राखे । सूचना प्रविधिका क्षेत्रमा भएको कानूनी व्यवस्था कार्यान्वयन नहुँदासमेत यस क्षेत्रमा समस्या देखिएको २५ वर्षदेखि यस विषयमा काम गर्दै आएका वरिष्ठ निर्देशक खनालले सुनाए ।
फाउन्डेसनका सदस्य सचिव अतुल कोइरालाले सूचना प्रविधि क्षेत्रमा अध्ययन, अध्यापन र अनुसन्धान बढाएर आइपरेका समस्या समाधानतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए । शिक्षाकै माध्यमबाट सूचना प्रविधि क्षेत्रमा सुधार ल्याउन सकिने उनको भनाइ थियो ।
यस क्षेत्रमा समाजमा भए गरेका विषयलाई सरोकार भएका निकायसम्म पुर्याउन फाउन्डेसनले एक वर्षअघिदेखि कोरोनाबाट बच्न जारी स्वास्थ्य मापदण्ड पालना गरी जुम प्रविधिमार्फत बहस चलाउँदै आएको छ । (रासस)
















ओमनले नेपाललाई दियो २८१ रनको लक्ष्य
आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा तीन अर्ब ९७ करोड ६७ लाख राजस्व सङ्कलन
सबैलाई साथमा लिएर महाधिवेशन सफल बनाइने:सभापति थापा
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
प्रतिक्रिया