सरकारद्वारा सिनेमा हल, रात्रिकालीन व्यवसाय र सभा–जुलुस गर्न प्रतिबन्ध : के बन्द हुने, के बन्द नहुने ?

काठमाडौं । नेपालका कोरोनाको दोस्रो लहर सुरुभएसँगै सरकारले कोरोना रोकथामका लागि विभिन्न क्षेत्रहरुमा प्रतिबन्ध लगाएको छ ।
सोमबार विहान बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सिनेमा हल र सम्पूर्ण रात्रिकालीन व्यवसायहरू डान्स बार, क्लब, दोहोरी र नाचघरहरु बन्द गर्नुका साथै साथै आसभाहरु र जुलुश गर्न प्रतिबन्धको घोषणा गरेको हो ।
नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले पार्टी प्यालेस, हेल्थ क्लब, जिमखाना, स्विमिङ पुल, मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च तथा मेला महोत्सव, पर्व, जात्रा, सभा, आमसभा, जुलुसलगायत भीडभाड हुने सबै स्थान तथा कार्यक्रमहरू वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।
यद्यपि शपिङ मल वा डिपार्टमेन्ट स्टोर तथा ग्रोसरी पसलहरु भने सञ्चालन गर्न पाइने छ । तर, २५ जना भन्दा बढी मानिसको भीड गर्न नपाइने, दुई व्यक्तिको बीचमा २ मिटर दूरी कायम राख्नुपर्ने, मास्क अनिवार्य गर्ने, प्रवेश गर्दा साबुनपानीले हात धुने वा स्यानिटाइज प्रयोग गर्नेलगायत मापदण्ड पालना गर्नुपर्ने छ ।
तोकिएको मापदण्ड पूरा नगरेको पाइए जुनसुकै बेला बन्द गराउने सकिने पनि सरकारले स्पष्ट पारेको छ ।
















Lebanon says 13 killed in Israeli strikes in south
युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट अमेरिकी सैनिक फिर्ता गर्ने योजना
त्रिविमा सुधारको सङ्केत : साउनदेखि शैक्षिक पात्रो नियमित हुने, सय दिनभित्रै नतिजा
स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया