बाँकेमा जेन्जी आन्दोलनका सहिदको सम्मानमा सालिक अनावरण

जानकी (बाँके)। गत भदौ २३ गते जेन्जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका बाँके, नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बौझीका इन्जिनियर सुलभराज श्रेष्ठ र आयुष थापाको सालिक अनावरण गरिएको छ । सहिदद्वयको सोही वडामा अर्धकदको सालिक स्थापना गरी अनावरण गरिएको हो ।
त्यस अवसरमा सहिद परिवारको तर्फबाट आयुष थापाका बुवा सुशील थापा र आमा पुनम थापाले माल्यार्पण गर्नुभयो । सहिदका परिवारजनसँगै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट, वडा नम्बर १ का वडाध्यक्ष प्रमोद रिजाललगायत विभिन्न व्यक्तित्वहरूले दीप प्रज्वलन तथा माल्यार्पण गरेर श्रद्धाञ्जली अर्पण गरेका थिए । नगरप्रमुख बिष्टले भन्नुभयो, “सुशासन, भ्रष्टाचार नियन्त्रण र समृद्ध नेपालको लागि उहाँहरूले देखेको सपना पूरा गर्न सके मात्रै सच्चा श्रद्धाञ्जली हुनेछ ।”
नगरप्रमुख बिष्टले सहिद सुलभराज श्रेष्ठ र आयुष थापाको नाममा विशालनगर क्षेत्रमा प्रवेशद्वार निर्माण भइरहेको जानकारी दिँदै उनीहरूको स्मृतिलाई सदैव जीवित राखिने बताउनुभयो । वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजालले भन्नुभयो, “सहिदहरूको बलिदानलाई सम्मान गर्दै उनीहरूले देखाएको बाटोमा अघि बढ्नु हाम्रो कर्तव्य हो ।”
नेपालगञ्जमा प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ । धम्बोझी ब्याडमिन्टन प्रशिक्षण केन्द्र वाटरपार्कद्वारा यही वैशाख १९ गतेदेखि प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
प्रतियोगितामा पुरुष डबल्स भेट्रान्स ५० प्लस खुल्ला, पुरुष डबल्स बी लेबल खुल्ला र पुरुष डबल्स सी लेबल बाँके जिल्ला स्तरीय इभेन्टहरू समावेश गरिएका छन् । आयोजक सदस्य इन्द्र रानाका अनुसार टिम दर्ता प्रक्रिया जारी रहेको छ ।
प्रतियोगिता वाटरपार्कस्थित कवर्ड हलमा आयोजना गरिनेछ । पुरस्कारतर्फ पुरुष डबल्स भेट्रान्सतर्फ प्रथम हुनेले ३० हजार, द्वितीयले २० हजार र तृतीयले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी पुरुष डबल्स बी लेबलतर्फ प्रथमले ४० हजार, द्वितीयले २५ हजार र तृतीयले १० हजार रुपैयाँ तथा पुरुष डबल्स सी लेबल जिल्लास्तरीयतर्फ प्रथमले २५ हजार, द्वितीयले १५ हजार र तृतीयले ८ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।
















पर्वतको फलेवासमा आमाबा स्वास्थ्य कार्यक्रम सुरु
ग्रामीण भेगको प्रेमकथा ‘काजी’
जुम्लाको सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण
प्रकृति टाढिँदा अस्तित्वको लडाइँमा लोपोन्मुख–सीमान्तकृत आदिवासी
रास्वपाद्वारा थवाङ जीप दुर्घटनामा परी ज्यान गुमाएका प्रति दुःख व्यक्त
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
ओमानसँग नेपाल १०२ रनले पराजित
प्रतिक्रिया