बुधबार, चैत १८, २०८२

स्रोत नखुलेको २४ लाख रुपैयासहित एक जना पक्राउ

मेरोन्यूज २०७८ वैशाख ६ गते १३:१०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँ सहित मोरङ कानेपोखरी गाउँपालिका-७ घर भएका ३३ वर्षीय चुडामणी बस्नेतलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

यति एयरको उडानद्वारा काठमाडौंबाट मोरङ जान लागेका उनलाई विमानस्थलको आन्तरिक उडानतर्फको हेण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्नेक्रममा उक्त स्रोत नखुलेको नगद सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया