भन्सार एजेन्टमा ३ महिने कम्प्युटर तालिम प्रमाणपत्र अनिवार्य

काठमाडौं । भन्सार विभागले २० वर्ष पछि खुलाएको भन्सार एजेन्ट पदमा ३ महिने कम्प्युटर तालिम प्रमाणपत्र अनिवार्य भएको छ । विभागले ३ महिने आधारभूत कम्प्युटर प्रशिक्षणको प्रमाणपत्र नभएकाको निवेदन अयोग्य भन्दै अस्विकृत गरेको हो ।
यहि जेठ २२ गते शनिबार लिखित परिक्षा हुने भन्सार एजेन्टको आवेदन हजारौंको परेपनि संख्या विभागले खुलाएको छैन । ३ महिने तलिमलाई किन महत्व दिएको भन्ने प्रश्नमा विभागका निर्देशक शिशिर घिमिरेले विज्ञापनमा ३ महिने कम्प्युटर तालिम लिएको हुनुपर्ने भन्ने भएकाले बिज्ञापन अनुसार कार्य गरेको बताए ।
उनले कम्प्युटर इन्जिनियरिङमा उत्तीर्ण आवदेकलाई समेत नियमानुसार स्विकृत नगरिएको जानकारी दिए । आवेदन खारेज हुनेमा काठमाडौं विश्वविद्यालयबाट कम्युटर इन्जिनियरिङमा स्नातक र जर्मनबाट स्नातकोत्तर गरेका ज्योती पोखरेल पनि परेका छन् । उनले आफूसहित केही साथीहरुले सो पदका लागि अनलाइन आवदेन भरेपनि अस्विकृत गरेकाले पैसा फिर्ता लिन झण्झट भएको बताए ।
३ महिने आधारभूत कम्प्युटर तालिमको प्रमाणपत्र पेश नगरेकाले निवेदनमा बन्देज गरेकोमा निवेदकले आपत्ति जनाएका छन् ।



















लगानी विस्तारमा एडिबीसँग सहकार्य सुदृढ गर्ने मन्त्री चौधरीको प्रतिबद्धता
एआईसँग बलिउडको नयाँ दौड
सरकारी छाप दुरुपयोग गरेको अभियोगमा ३ जना पक्राउ
३३ अंकले घट्यो सेयर बजार
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा (भिडियो)
प्रतिक्रिया