कांग्रेसको क्रियाशील सदस्यता लिने अन्तिम म्याद बैशाख १५ सम्म
चार जिल्लामा बैशाख मसान्तसम्म भर्न पाइने, १० लाख संख्या कट्ने अनुमान

काठमाडौं । कांग्रेसले चार जिल्ला बाहेक अन्य जिल्लामा बैशाख १५ गतेभित्र क्रियाशील सदयस्यता वितरण तथा नवीकरण गरिसक्न निर्देशन दिएको छ । चार जिल्ला बाहेका क्रियाशील सदस्यता वितरण र नवीकरण विवरण सफ्टवेरमा इन्ट्री गर्ने काम भइरहेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
तर, बारा र सोलुखुम्बुमा केही दिनअघि मात्रै क्रियाशील सदस्यता बाँड्न थालेकाले वैशाख मसन्तसम्म समय दिइएको छ । समायोजन विवादका कारण सप्तरी र सिन्धुपाल्चोकमा वैशाखभित्र क्रियाशील सदस्यता वितरण र नवीकरण गरिसक्नुपर्ने सोमबार बसेको काग्रेस बैठकमा उपस्थित एक केन्द्रिय सदस्यले मेरो न्युजलाई जानकारी दिए ।
कांग्रेस केन्द्रिय समितिको बैठकले वैशाख १५ गते राति १२ बजेभित्र क्रियाशील सदस्यता वितरण गरेर त्यसको विवरण सफ्टवेयरमा इन्ट्री गरिसक्नु पर्ने पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । “हालसम्म सफ्टवेयरमा करिब ६ लाख क्रियाशील सदस्यको विवरण इन्ट्री भइसकेको छ,”उनले भने,“ अहिले धमाधम क्रियाशील सदस्यको विवरण सफ्टवेरमा इन्ट्री गर्ने काम भइरहेको छ ।”
यसपटक क्रियाशील सदस्यको संख्या १० लाख कट्ने उनले जानकारी दिए । अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकाको हकमा केन्द्रीय कार्यालयबाट वैशाख १५ भित्र क्रियाशील सदस्यता फारम जिल्लामा पठाइसक्नु पर्ने पनि समय तोकिएको छ । क्रियाशील सदस्यको विवरण केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका रमेश लेखक ले पार्टीको वेवसाइटबाट सार्वजनिक गरिने बताए ।
गत चैत २७ गते बसेको कांग्रेसको केन्द्रिय पदाधिकारी बैठकले समेत छिटो क्रियाशिल सदयस्यता वितरण तथा नवीकरण विषयमा छलफल गरेको थियो तर उक्त वैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल र सभापति शेरवहादुर देउवा अनुपस्थित थिए । सो बैठकले क्रियाशिल सदस्यको म्याद केही थप गर्ने निर्णय गरेको थियो । तर मिति तोकेको थिएन् ।
चैत २९ गते कांग्रेस केन्द्रिय समितिको बैठक बोलाइएको थियो तर बरिष्ठ नेता रामचन्द्र पौडेलका भाइसको निधन कारण सभापति देउवाले बैठक स्थगित गरेका थिए । बैशाख ६ गते बसेको बैठकले बैशाख १५ गतेसम्म थप गर्ने निर्णय गरेको थियो ।
कांग्रेसले क्रियाशीलको विवरण, सदस्यता शुल्क र लेवीलगायत कागजात वैशाख १७ भित्र बेलुका ५ बजेभित्र केन्द्रमा पठाउन सोमबारको केन्द्रीय समितिको बैठकले जिल्ला कार्यसमितिलाई निर्देशन दिएको एक केन्द्रिय सदस्यले जानकारी दिए । कांग्रेसले राप्रपा छाडेर कांग्रेस प्रवेश गरेका सहमहामन्त्री सुनिलबहादुर थापा पक्षका नेता÷कार्यकर्तालाई पनि क्रियाशील सदस्यता दिने तयारी छ ।
विजय कुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम कांग्रेससँग मिलेपछि उक्त पार्टीका २५ हजार बढीलाई क्रियाशील सदस्यता दिने कांग्रेसको तयारी रहेको छ । १३ औं महाधिवेशन हुँदा चार लाख ८० हजार हाराहारीमा मात्रै कांग्रेसको क्रियाशील सदस्य थिए । कांग्रेसले १४ औं महाधिवेशन भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने मिति तय गरिसकेको छ ।

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया