चार दिनदेखि हुम्लामा इन्टरनेट सेवा अवरुद्ध

सिमकोट । हुम्लामा चार दिनदेखि नेपाल टेलिकमको इन्टनरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् ।
गत शनिबार बेलुकादेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा जिल्ला सदरमुकाम सिमकोटसहित आसपास क्षेत्रका सेवाग्राही मर्कामा परेका हुन् ।
इन्टरनेट सेवाले काम नगर्दा सिमकोटमा सञ्चालित एक दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थालाई बढी समस्या बनाउनुका साथै कारोबारसमेत ठप्प भएको छ ।
एडिएसएल सेवाको इन्टरनेटले काम नगर्दा सिमकोटमा सञ्चालित सरकारी तथा गैरसरकारी कार्यालयसहित जिल्लामा रहेका दुई वटा रेडियो एफएमलाई समेत समस्या बनाएको रेडियो कर्णाली आवाजका स्टेशन मेनेजर नवराज महताराले बताए ।
यस्तै इन्टरनेट सेवाले काम नगर्दा सञ्चारकर्मीलाई समाचार सम्प्रेषणमा समस्या बनाएको छ ।
कालीकोट जिल्लाको महाबुलेखमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा खराबी आउँदा इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकम कार्यालय सिमकोटले जानकारी दिएको छ ।
उक्त क्षेत्रमा रहेको रिपिटर टावर मर्मत गर्ने कार्य जारी रहेपनि समस्या समाधान हुन सकेको छैन । (रासस)
















स्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी
महाकालीमा बेपत्ता चन्द भारतमा मृत फेला
गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ: अर्थमन्त्री डा वाग्ले
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
प्रतिक्रिया