एसइई परीक्षा: सङ्खुवासभामा उत्तरपुस्तिका परीक्षण सुरु

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा माध्यमिक शिक्षा परीक्षा (एसइई) का उत्तरपुस्तिका परीक्षण सुरु गरिएको छ । सरकारले छिटो, व्यवस्थित र समयमै नतिजा प्रकाशन गर्ने उद्देश्यसहित परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्न निर्देशन दिएअनुसार जिल्लाभरका १७ वटै परीक्षा केन्द्रमा परीक्षण सुरु गरिएको हो ।
आज दिउँसो १२ बजेदेखि १७ वटै परीक्षा केन्द्रको उत्तरपुस्तिका परीक्षण कार्य सुरु गरिएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख गोपालमान भण्डारीले जानकारी दिनुभयो । आज साँझसम्म सक्ने गरी अङ्ग्रेजी र नेपाली विषयको उत्तरपुस्तिका परीक्षण सुरु गरिएको उनले बताए ।
उत्तरपुस्तिका परीक्षणका लागि फरकफरक विद्यालयका विषयगत शिक्षक परिचालन गरिएको र सुरक्षाका लागि सिसीटिभी क्यामरा जडानलगायत आवश्यक प्रबन्ध गरिएको इकाइ प्रमुख भण्डारीले जानकारी दिए ।
यहाँ जिल्लाभर दुई हजार ८४९ जना परीक्षार्थी रहेका छन् । जसमा नियमिततर्फ दुई हजार १२५ र ग्रेडवृद्धितर्फ पाँच सय २३ जना छन् ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया