नक्कली नोटसहित तीन पक्राउ
मेरोन्यूज
२०७८ वैशाख ८ गते २१:१२

इनरुवा । सुनसरी सदमुकाम इनरुवा बस चोकस्थित स्टार होटलको नजिकबाट नक्कली(जाली) नोटसहित पक्राउ परेकालाई आज प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१९ का ६६ वर्षीय टेकबहादुर तामाङ, हरिनगर–२ का २४ वर्षीय नजिम साफी र धरान–१७ का महेन्द्र तामाङ रहेकोका प्रहरी नायब उपरीक्षक नगेन्द्रकुमार कार्कीले बताए । पक्राउ परेकाको साथबाट प्रहरीले नेपाली नक्कली नोट रु एक हजार दरका ४१५ थान बरामद गरेको कार्कीले जानकारी दिए ।
जाली नोटसहित पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ मुद्रासम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गराएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















मालपोत कार्यालयको सेवा प्रवाहमा अवरोध गर्ने १६ जना पक्राउ
इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
पाँचथरमा जिप दुर्घटना हुँदा युवकको मृत्यु
राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन
NCP takes critical stand in parliament, Barsha Man Pun says
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया