ठूलादुर्लुङ र बनौलीमा सनराइज बैंककाे शाखारहित बैंकिङ सेवा

काठमाडाैं । सनराइज बैंक लिमिटेडले ललितपुरको महाङ्काल गाउँपालिका–६, ठूलादुर्लुङ र सप्तरीको खड्क नगरपालिका–११ बनौलीमा शाखारहित बैंकिङ सेवाको शुरुआत गरेको छ । दुवै शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा सङ्ख्या ७६ पुगेको बैंकले जनाएको छ ।
बैंकिङ सेवाका माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ सेवाअन्तर्गत ग्राहकले एटिएम कार्ड प्रयोग गरी निक्षेप सङ्कलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीसमेत गर्न सक्नेछन् । कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दामा बैंकिङ पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ सेवा शुरु गरिएको बैंकले आज विज्ञप्तिमार्फत जनाएको छ ।
हालसम्म सनराइज बैंकले १३९ शाखा, ७६ शाखारहित बैंकिङ सेवा, १२ एक्सटेन्सन काउण्टर र १६१ एटिएममार्फत आफ्ना सात लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवा विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानमा पनि बैंकिङ सेवा सञ्चालन गर्दै जाने योजना रहेको जनाएको छ ।









प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे
पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
आज मंसिर १८ गते बिहीबार, कस्ताे रहला तपाइकाे राशिफल ?
एनपिएलमा आज दुई खेलकाे राेचक भिडंन्त
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य
प्रतिक्रिया