ठूलादुर्लुङ र बनौलीमा सनराइज बैंककाे शाखारहित बैंकिङ सेवा

काठमाडाैं । सनराइज बैंक लिमिटेडले ललितपुरको महाङ्काल गाउँपालिका–६, ठूलादुर्लुङ र सप्तरीको खड्क नगरपालिका–११ बनौलीमा शाखारहित बैंकिङ सेवाको शुरुआत गरेको छ । दुवै शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा सङ्ख्या ७६ पुगेको बैंकले जनाएको छ ।
बैंकिङ सेवाका माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ सेवाअन्तर्गत ग्राहकले एटिएम कार्ड प्रयोग गरी निक्षेप सङ्कलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीसमेत गर्न सक्नेछन् । कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दामा बैंकिङ पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ सेवा शुरु गरिएको बैंकले आज विज्ञप्तिमार्फत जनाएको छ ।
हालसम्म सनराइज बैंकले १३९ शाखा, ७६ शाखारहित बैंकिङ सेवा, १२ एक्सटेन्सन काउण्टर र १६१ एटिएममार्फत आफ्ना सात लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवा विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानमा पनि बैंकिङ सेवा सञ्चालन गर्दै जाने योजना रहेको जनाएको छ ।









दल दर्ताको समय चार दिन थपियो
इन्डोनेसियाको जकार्तामा अब कुकुर, बिरालो र चमेरोको मासु बेच्न नपाइने
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक विस्तार सुरु
रवि बोपाराको अर्धशतकमा चितवनले विराटनगरलाई दियाे १७५ रनको लक्ष्य
सर्वोच्च अदालत जलाएको आरोपमा ल क्याम्पसका पूर्व सभापति ढुंगेल पक्राउ
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
छुटे दुर्गा प्रसाईं
प्रतिक्रिया