अष्ट्रेलियाले कोभिडको कारण भारतबाट हुने उडानहरू घटाउने

क्यानबरा : अष्ट्रेलियाले भारतमा कोभिड–१९ सङ्क्रमणका घटनाहरूको बढ्दो सङ्ख्याप्रति प्रतिक्रिया जनाउँदै भारतबाट आउने उडानहरू अस्थायी रूपमा कम गर्ने भएको छ ।
बिहीबार प्रधानमन्त्री स्कट मोरिसन र राज्य र क्षेत्र नेतासहितको राष्ट्रिय क्याबिनेट बैठकले भारतबाट उडानको मात्रालाई ३० प्रतिशत कम गर्ने निर्णय लिएको हो । भारतजस्ता उच्च जोखिम भएका देशहरूका यात्रीहरूले उडान गर्नुभन्दा ७२ घण्टा पहिले आफूलाई कोभिड–१९ सङ्क्रमण नदेखिएको पुष्टि हुने स्वास्थ्य प्रमाणपत्र देखाएर मात्र अष्ट्रेलिया आउन पाउने व्यवस्था गरेको हो ।
बैठकपछि प्रधानमन्त्री मोरिसनले पत्रकारसँग भने, “हामी जोखिममा रहेका अष्ट्रेलियामा जाने प्रस्थानका विकल्पलाई पनि थप सीमित गर्नेछौं ।” उनले थपे, “सबै प्रावधान कोभिडलाई मध्यनजर गरी राखिएकोले महामारीको प्रभाव कम हुँदासाथ पहिलेको अवस्थामा आउनेछ ।”
अष्ट्रेलियाको यो निर्णय भारतमा बुधबार र बिहीबारको २४ घण्टाभित्र कोभिड–१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या तीन लाख १४ हजार कटेपछि आएको हो ।
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
प्रतिक्रिया