छुटाछुट्टै घटनामा परेर झापामा दुईको मृत्यु

दमक । झापामा छुटाछुट्टै घटनामा परेर दुई बालकको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार साँझ बुधबारेस्थित पोखरीमा डुबेर एक किशोरको मृत्यु भएको छ भने कमलमा अर्का बालकको रुखको हाँगोले लागेर ज्यान गएको छ ।
बुद्धशान्ति–३ स्थित विनोद मोक्तानको माछापोखरीमा साँझ ५ः३० बजेतिर पौडी खेल्ने क्रममा स्थानीय हरिप्रसाद पौडेलका १३ वर्षीय छोरा नितेश पौडेलको ज्यान गएको हो ।
स्थानीयवासी धनबहादुर चौहानका छोरा १४ वर्षीय सुजन चौहानसँगै नितेश स्कुलबाट फर्किने क्रममा माछापोखरीमा पौडी खेल्न गएका थिए ।
पोखरीमा पसेका सुजनलाई स्थानीयवासीले उद्धार गरी उपचारका लागि लिभिङ होप अस्पताल पुर्याएका थिए भने नितेश डुबेर बेपत्ता भएको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिएर पोखरीको पानी सुकाई खोजतलास गर्ने क्रममा साँझ ७ बजे पोखरीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए ।
यसैगरी कमलगाउँपालिका–५ सीतापुरीका राम राईका आठ वर्षीय छोरा योजल राईको रुखको हाँगाले लागेर मृत्यु भएको छ ।
बिहीबार बुवासँग सोही स्थानमा रहेको रतुवामाई वृक्षरोपणको नर्सरीमा दाउरा टिप्न गएको अवस्थामा हावाहुरीले मसलाको रुखको हाँगा भाँचिएर लाग्दा घाइते भएका योजलको उपचारका लागि दमक अस्पताल दमकमा पुर्याउनासाथ मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । (रासस)







जेनजी आन्दोलनका क्रममा आगजनी, तोफोड र लुटपाट गर्ने ४३ जना पक्राउ
सुशासन मार्फत् जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित छः मन्त्री घिसिङ
झापामा तीन सयभन्दा बढी बालबालिकामा अटिजम
आज पनि बढ्यो सुनको मूल्य
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
प्रतिक्रिया