मोटरसाईकल चोरीको अभियोगमा २ युवक पक्राउ

सुनसरी। जिल्लाको धरान उपमहानगरपालिका–१९ स्थित सडकबाट पार्किङ गरी राखेको को. १८ प ३९७९ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् ।
बुधबार प्रहरीले धरान उपमहानगरपालिका–८ बुद्दमार्ग बस्ने २२ वर्षीय रोशन मास्के र धनकुटा साँगुरीगढी गाउँपालिका–८ तातोपानी बस्ने १९ वर्षीय रवि राईलाई पक्राउ गरेको हो ।
गत मंगलबार मोटरसाइकल चोरी भएको घटनाको अनुसन्धान तथा खोजी गर्ने क्रममा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धरान उपमहानगरपालिका–२० स्थित सुन्तले भन्ने ठाउँमा सवारी साधनहरुको चेकजाँच गर्ने क्रममा उनीहरुलाई धरानबाट बिष्णुपादुका हुँदै धनकुटातर्फ चोरी गरि लैजादै गरेको अवस्थामा उक्त मोटरसाइकलसहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरु उपर चोरी मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।









सर्वोच्च अदालत जलाएको आरोपमा ल क्याम्पसका पूर्व सभापति ढुंगेल पक्राउ
राजनीतिक व्यक्ति उपकुलपति हुने व्यवस्था अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री कार्की
बुधबार ९ अंकले बढ्यो नेप्से, काराेबार रकम कति ?
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
यस्ता छन् नवनियुक्त मुख्यसचिवका २५ बुँदे प्राथमिकता
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
प्रतिक्रिया