मोटरसाईकल चोरीको अभियोगमा २ युवक पक्राउ

सुनसरी। जिल्लाको धरान उपमहानगरपालिका–१९ स्थित सडकबाट पार्किङ गरी राखेको को. १८ प ३९७९ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् ।
बुधबार प्रहरीले धरान उपमहानगरपालिका–८ बुद्दमार्ग बस्ने २२ वर्षीय रोशन मास्के र धनकुटा साँगुरीगढी गाउँपालिका–८ तातोपानी बस्ने १९ वर्षीय रवि राईलाई पक्राउ गरेको हो ।
गत मंगलबार मोटरसाइकल चोरी भएको घटनाको अनुसन्धान तथा खोजी गर्ने क्रममा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धरान उपमहानगरपालिका–२० स्थित सुन्तले भन्ने ठाउँमा सवारी साधनहरुको चेकजाँच गर्ने क्रममा उनीहरुलाई धरानबाट बिष्णुपादुका हुँदै धनकुटातर्फ चोरी गरि लैजादै गरेको अवस्थामा उक्त मोटरसाइकलसहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरु उपर चोरी मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
ट्रम्पको सम्बोधन लगत्तै इरानद्वारा मिसाइल प्रहार सुरु
इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले भने-इरान विरुद्धको युद्धमा अमेरिकाकाे ‘अभूतपूर्व विजय’
प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटुमा शक्तिशाली भूकम्प
प्रतिक्रिया