कर्णालीका ‘फ्लोर क्रस’ गर्ने ४ सांसदको पद खोस्ने एमालेको निर्णय
मेरोन्यूज
२०७८ वैशाख १० गते १४:१३

काठमाडौं । नेकपा एमालेले कर्णालीका ४ सांसदको पद खोस्ने औपचारिक निर्णय गरेको छ । केन्द्रीय महाधिवेशन आयोजक कमिटीको आज बसेको बैठकले कर्णालीका मुख्यमन्त्री महेन्द्र वहादुर शाहीलाई विश्वासको मत दिएका प्रकाश जवाला सहित अहिले मन्त्री बनेका अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पार्टी सदस्य र सांसद सदस्य समेत नरहने गरी कारवाही गर्ने निर्णय गरेको हो ।
कारवाहीको पत्र प्रदेश सचिवालयलाई लेख्ने निर्णय एमालेको छ ।
कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरी माओवादी सरकार जोगाइदिने काम यी चार नेताले गरेका थिए । प्रदेश कमिटीले नै उनीहरुलाई कारवाहीको सिफारिस गदै केन्द्रलाई पत्र पठाएको थियो ।
कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरेर पछि मत सच्याएकी देवी ओलीलाई भने फेरी पनि स्पष्टीकरण सोध्ने निर्णय पनि एमालेको छ ।
सम्बन्धित

















रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रतिमतदाता रु २८४ खर्च
सूर्य नेपाल वेस्टर्न ओपन जारी, भुवन नगरकोटीलाई एक स्ट्रोकको अग्रता
एन्फाले स्थगित गर्याे राष्ट्रिय लिग
रवि लामिछानेकाे मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
प्रतिक्रिया