सन्तोषजनक भएन बैदेशिक लगानी

काठमाडौं । वैदेशिक लगानी नेपालमा सन्तोषजनक देखिएको छैन । राष्ट्र बैंकले जारी गरेको बिज्ञप्तिनुसार ठूला आयोजनामा लगानीका लागि लगानी बोर्ड प्रत्यक्ष देखिएपनि बोर्डमा २ खर्ब रुपैयाँको प्रतिबद्धता छ ।
यस्तै नेपालमा आएको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५१ द्यशमलब १ प्रतिशत सेवा क्षेत्रमा र ४८ दशमलब ८ प्रतिशत औद्योगिक क्षेत्रमा लगानी रहेको छ । सेवा क्षेत्रअन्र्तगत कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७ दशमलब ४ प्रतिशत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार औद्योगिक क्षेत्रअन्र्तगत उत्पादन क्षेत्रमा २८ दशमलब ६ प्रतिशत र जलविद्युत क्षेत्रमा २० प्रतिशत वैदेशिक लगानी छ । राष्ट्र बैंकले तयार पारेको बैदेशिक लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदन अनुसार नेपालमा आर्थिक वर्ष २०७५÷७६ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८ दशमलब ८ प्रतिशतले कमी आई १ खर्ब ८२ अर्ब ९२ करोड कायम रहेको छ ।
कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ४८ दशमलब २ प्रतिशत, रिजर्भ ४२ दशमलब ८ प्रतिशत र कर्जाको अंश ९ प्रतिशत रहेको छ । रिजर्भको अंश २७ प्रतिशतले घटेकोले कुल प्रत्यक्ष वैदेशिक लगानीमा कमी आएको राष्ट्र बैंकले जनाएको छ ।
















निगमको यात्रु र आम्दानीमा उल्लेखनीय सुधार
काभ्रेमा दुई हजार पाँच सय अस्थायी मतदाता
अझै प्रश्न आउन छाडेको छैन-मतदाता सूचीमा नाम कसरी हेर्ने?
चीन–जर्मनी सम्बन्ध मजबुत बनाउने प्रयास
स्याङ्जाको आँधीखोला किनार क्षेत्रमा तर्बुजाखेती सुरु
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
अमेरिकी ‘सीमित आक्रमण’ पनि पूर्ण आक्रमणकाे रुपमा लिनेछाैँ : इरान
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
प्रतिक्रिया