पूटिनका आलोचक नभाल्नीले तीन हप्तापछि शुक्रबार अनशन अन्त्य गर्ने निर्णय’

मस्को । देशद्रोह जेल पठाई क्रेमलिन आलोचक एलेक्सी नभाल्नीले आफ्नो तीन हप्ता लामो भोक हड्ताल शुक्रबार अन्त्य गर्ने बताएका छन् । आफ्नो स्वास्थ्य उपचारका लागि रूसी जनता र विश्व समुदायले रूसी प्रशासनमाथि दिएको दबाबको परिणाम आफूलाई अस्पतालमा लगिएको भन्दै उनले सबैमा हार्दिकता प्रकट गरेका छन् ।
अमेरिकी समाचार संस्था सीएनएनका अनुसार रूसी विपक्षी नेताको बिग्रिएको स्वास्थ्यको कारण उहाँलाई जेलबाट अस्पतालमा सारिएको केही दिन पछि यो घोषणा भएको हो । “देशभर र विश्वभरका असल व्यक्तिहरूको अथाह समर्थनका लागि धन्यवाद, हामीले ठूलो प्रगति गरेका छौं,” नभाल्नीको इन्स्टाग्राम पोस्टलाई उद्धृत गरी ‘द हिल’ ले लेखेको छ ।
उनले भने, “दुई महिना अघि, उनीहरू (रूसी प्रशासक) मैले केबल स्वास्थ्य उपचारको सहायताको लागि गरेको अनुरोधमा हाँसे र मलाई कुनै औषधि दिएनन् । एक महिना अघि, मैले मेरो उपचारका लागि गरिएका परीक्षण रिपोर्ट माग्दा ‘हाँसिमजाक’ गरियो । रूसी सरकारलाई मेरो मागप्रति झुकाउन पाएको विश्वव्यापी समर्थनका लागि म सबैमा धन्यवााद ज्ञापन गर्दछु । अहिले मलाई नागरिक चिकित्सकहरूको समूहले दुई पटक जाँच गरिसकेको छ ।”
रूसी समाचार संस्था स्पुत्निकले नाभाल्नीले भोक हड्ताल फिर्ता लिन लागेकोबारेमा जानकारी दिँदै आफ्नो समाचारमा लेखेको छ, “मैले मलाई हेर्ने छुट्टै चिकित्सकको मागलाई फिर्ता लिएको छैन । मेरो अङ्गमा केही संवेदना हराएको छ, र म यो के हो र यसलाई कसरी उपचार गर्ने भनेर जान्न चाहन्छु । यद्यपि प्रगतिलाई ध्यानमा राख्दै यो रोग निदान र सबै परिस्थितिहरुका कारण मैले भोक हड्ताल समाप्त गर्ने निर्णय लिएको छु ।”
आफ्नो नजरबन्दबिरूद्ध विरोध प्रदर्शन भएकोमा आफूलाई ‘गर्व र आशा’ महसुस भएको नभाल्नीले बताए ।

















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
दाङमा रास्वपा कार्यकर्ताले जलाए एमालेको झण्डा
आईसीसी टी–२० विश्वकप: समूह चरणको अन्तिम खेलमा आज अस्ट्रेलिया र ओमान भिड्दै
आज शुक्रबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
पश्चिमी न्यून चापीय प्रणालीकाे प्रभाव: हल्का वर्षा र हिमपातको सम्भावना
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार, प्रधानमन्त्री रहमानको शपथ आज
९५५ केजी गाँजासहित दुई जना पक्राउ
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
प्रतिक्रिया