सोमबार, फागुन ११, २०८२

'मोबाइलको घण्टी जति बज्छ, उति तनाव थपिन्छ'

टेकु अस्पतालका डा.बास्तोला भन्छन् – आइसीयू र भेन्टिलेटर भरिएर बिरामी सार्ने ठाउँ छैन

मेरोन्यूज २०७८ वैशाख ११ गते १३:४१


काठमाडौं । नेपालमा पछिल्लो केही दिन यता कोरोना संक्रमणको दोस्रो लहर तिव्र रुपमा फैलिएको छ। काठमाडौं लगायत देशका ठ्रला शहरमा कोरोना संक्रमणबाट मृत्युहुने दर समेत बढ्दै गएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

कोरोना संक्रमितको सुरुवात देखिनै उपचार गदै आएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ तथा कोभिड संयोजक डा अनुप बास्तोलाले अहिले अवस्था निकै जटिल भएको बताएका छन् । आइसियु र भेन्टिलेटर अभाव भएको भन्दै उनले समाजिक सञ्जाल फेसबुकमार्फत सबैलाई सचेत रहन आग्रह गरेका हुन् ।

उनी लेख्छन्,“यो समय पक्कै बितेर जानेछ, तर ख्याल गरौं,अहिले हामी कोरोना भाइरस संक्रमणको अत्यन्तै जोखिम अवस्थामा छौं । यो जोखिम सहजै टर्ने स्थिति छैन, जबसम्म तपाईं र हामी सचेत र चनाखो हुँदैनौं । मोबाइलको घण्टी जति बज्छ, उति तनाव थपिन्छ । अधिकांश फोन, आइसीयू र भेन्टिलेटरको खोजीमा आउँछन् । तर, टेकू अस्पताल भरिसक्यो । थप बिरामी राख्ने सम्भावना न्यून छ । अब, वार्डबाट आइसीयूमा बिरामी सार्ने स्थिति छैन । रिफर गर्न अन्य अस्पतालमा खोज्दा बेड भेटिँदैन ।”
डा. बास्तोला लेख्छन्
यो समय पक्कै बितेर जानेछ, तर ख्याल गरौं है, अहिले हामी कोरोना भाइरस संक्रमणको अत्यन्तै जोखिम अवस्थामा छौं । यो जोखिम सहजै टर्ने स्थिति छैन, जबसम्म तपाईं र हामी सचेत र चनाखो हुँदैनौं । मोबाइलको घण्टी जति बज्छ, उति तनाव थपिन्छ । अधिकांश फोन, आइसीयू र भेन्टिलेटरको खोजीमा आउँछन् । तर, टेकू अस्पताल भरिसक्यो । थप बिरामी राख्ने सम्भावना न्यून छ । अब, वार्डबाट आइसीयूमा बिरामी सार्ने स्थिति छैन ।

रिफर गर्न अन्य अस्पतालमा खोज्दा बेड भेटिँदैन । विगत एक वर्षअघिदेखि कोभिडका बिरामी हेर्दा यति जटिल अवस्था भोग्नु परेन । अहिले, बिरामीमा सुधार हुने अनुपात पनि घट्दो छ । हामी एकदमै डरलाग्दो अवस्थाको सँघारमा छौं । घरिघरि त लाग्छ, हामी उपचारमा खटेकै मान्छे ढल्यौं भने, के होला अवस्थारु जताजतै खुला छ र कोरोना भाइरसको संक्रमण दिन दुइगुणा, रात चौगुनाको दरले बढ्दो छ ।

यो संक्रमणको फैलावट कहाँसम्म पुग्छ, अनुमान गर्न गाह्रो छ । अहिले बच्चा र युवा पनि उत्तिकै जोखिममा छन्, वृद्धवृद्धा र दीर्घरोगी त उसै पनि जोखिममै थिए ।
हामीले कहिल्यै चेतेनौं, महामारीलाई साह्रै हलुका रुपमा लिनाले अहिलेको अवस्था आइपुगेको हो । यो बीचमा हामीले मापदण्डको पालना गर्नै बिर्सियौं । कोरोनाको पहिलो लहर शिथिल हुँदै गर्दा, हामी फुक्काफाल भयौं । हामी सुस्तायौं, तर कोरोना भाइरस अझ संक्रामक भएर आयो ।

संक्रमणको फैलावट यही गतिमा अघि बढे, बिरामीले उपचार नै नपाउने स्थिति आउन सक्छ, स्वास्थ्य सेवा डामाडोल हुन सक्छ । अस्पतालमा बेड नपाउने समस्या त छँदैछ, कुन उपचारले बिरामी निको हुनेछन् भन्ने अन्यौल पनि उस्तै छ । कोरोना बाहेकका अन्य बिरामीको बिचल्ली हुने अवस्था छ ।

कोभिडको अहिलेको लहरमा संक्रमितहरु सिकिस्त हुने अनुपात पहिलो लहरको तुलनामा बढी छ । एक्कासी बढेको सिकिस्त बिरामीको चाप कसरी थेग्ने भन्ने अन्यौल छ । पहिलो लहरमा प्रभावकारी भएका औषधि र विधि अहिले कमजोर भएका छन् ।
तत्काल, कोरोना भाइरसको संक्रमणको फैलावट रोक्नु जरुरी छ । चेन ब्रेक नगरी हामीले सम्हालिने मौका पाउने छैनौं । अहिले आइसीयूमा जति सिकिस्त बिरामी हुनुहुन्छ, त्यसले समुदायमा कति संक्रमित निर्धक्क घुमिरहनु भएको होला भन्ने अनुमान गर्न सकिन्छ ।

अब अत्यावश्यक कामबाहेक घर बाहिर निस्किएर आफूलाई र अरुलाई जोखिममा नपारौं । सुरक्षाका सबै मापदण्ड अपनाऔं । अहिले कसैलाई दोष दिएर केही हुनेवाला छैन । सकेसम्म सुरक्षित रहने कोसिस गरौं । यो डरलाग्दो समय बितेपछि खोजी गरौंला हामी कहाँ(कहाँ चुक्यौं

प्रतिक्रिया