ज्योतिष परिषद्को केन्द्रीय कार्यालय भवन शिलान्यास

काठमाडौँ । नेपाल ज्योतिष परिषद् केन्द्रीय कार्यालय भवनको शिलान्यास गरिएको छ । टोखा नगरपालिका–१० खरीवोटमा निर्माण हुनलागेको उक्त भवनको आज परिषद्का केन्द्रीय अध्यक्ष माधवराज पाण्डे र उपप्राध्यापक डा पुरुषोत्तम भट्टराईले संयुक्त रुपमा वैदिक विधिअनुसार पूजा गरी भवनको शिलान्यास गरेका हुन् ।
पाँच आना क्षेत्रफलमा निर्माण हुनलागेको उक्त भवन चार तले बन्ने परिषद्का वरिष्ठ केन्द्रीय सदस्य लक्ष्मण पन्थीले जानकारी दिए । भवन परिषद्लाई दाताले दान गरेको जग्गामा निर्माण हुनलागेको हो । ज्योतिषशास्त्रको संरक्षण र ज्योतिषको हकहितका लागि विसं २०५४ पुस २४ मा स्थापना भएको परिषद्ले हाल ७७ वटै जिल्लामा आफ्नो सङ्गठन विस्तार गरिसकेको परिषद्का केन्द्रीय सदस्य शिवलाल पौडेलले जानकारी दिए ।
परिषद्ले केन्द्रीय समिति, उपत्यका समिति र प्रदेश समितिमार्फत आफ्नो गतिबिधि सञ्चालन गर्दै आइरहेको छ । रासस
















अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै
‘Operation Safety’ over the night: Five gangsters arrested; 18 held from airport
५० प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन
फेवाताल छेउछाउका संरचनामा चल्यो डोजर
कलाकार सागर लम्साल (बले) पक्राउ
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया