चिनियाँ भेरोसेल खोपको पहिलो मात्रा आजबाट सुरु, यी स्थानमा लिन सकिन्छ

काठमाडौं । चिनियाँ सिनोफार्म कम्पनीले उत्पादन गरेको भेरोसेल खोपको पहिलो मात्रा लगाउनका आज (आइतबार) बाट तीन खोप केन्द्र तय गरिएको छ। स्वास्थ्य सेवा विभागको खोप महाशाखाले आज निजामति अस्पताल मिनभवन (सिभिल), सशस्त्र प्रहरी अस्पताल बलम्बु र राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुरमा मात्र चिनियाँ खोप लगाइने जनाएको छ ।
१८ वर्षदेखि ५९ वर्षका नेपाली नागरिकहरु उक्त खोप लिन सक्ने उनले जानकारी दिए । उनका अनुसार यो खोप पहिलो मात्रा लिएको २८ दिनमा दोस्रो मात्रा लिनुपर्ने हुन्छ । भोलि देखि सोमबार बाट भने परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथली, नेपाल मेडिकल कलेज अत्तरखेल, काठमाडौं मेडिकल कलेज सिनामंगल, र हिमाल अस्पताल ज्ञानेश्वरमा खोप लगाउन सकिने बताइएको छ।
त्यसैगरी, वीर अस्पताल महाबौद्ध, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाउन सकिने उनले जानकारी दिए ।














51 days to go for HoR Polls: 85 candidates withdraw names from PR closed list
देशभर पश्चिमी वायुको प्रभाव कायमै, काठमाडौँमा बिहानीको तापक्रम ३ डिग्री सेल्सियस
आज नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय कमिटी सदस्यले शपथ लिँदै
अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प
कांग्रेसमा महामन्त्रीद्वयसँग वार्ता गर्न समिति, आजै वार्ता हुने
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
यस्तो छ एमाले केन्द्रीय कमिटी बैठकमा ओलीले गरेको सातबुँदे सम्बोधन (पूर्ण पाठ)
प्रतिक्रिया