प्रधानमन्त्रीद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई
मेरोन्यूज
२०७८ वैशाख १२ गते १२:४९

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् । प्रधानमन्त्रीले आज बिहान ट्वीट गर्दै नेपाल, मलेसिया र नेदरल्याण्डसबीच सम्पन्न त्रिदेशीय अन्तरराष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएकामा बधाई दिएका हुन् ।
शनिबार सम्पन्न नेपाल र नेदरल्याण्डसबीच भएको फाइनल प्रतियोगितामा नेपाल विजयी भएको थियो । “नेपालले नेदरल्याण्डसलाई १४२ रनको विशाल अन्तरले पराजित गरी ११ वर्षको इतिहास तोड्दै शानदार विजय हासिल गरेकोमा नेपाली राष्ट्रिय क्रिकेट टीमलाई हार्दिक बधाई ”, ट्वीटमा भनिएको छ ।
–––रासस
सम्बन्धित














गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
टोखाबाट यसवर्ष पाँच करोड बढीको चाकू बिक्री
ऐतिहासिक ढुङ्गेसाँघु–माघेसङ्क्रान्ति मेलाको सांस्कृतिक विरासत
कारागारभित्रका ‘हेडमास्टर’
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
प्रतिक्रिया