इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
मेरोन्यूज
२०८२ चैत २० गते २०:०८

इरानले जारी युद्धमा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी गरेको छ।
इरानले दोस्रो एफ-३५ लडाकू विमानलाई ‘इस्लामिक रिभोलुसनरी गार्ड कोर्स’ (आइआरजीसी) को ‘एयर डिफेन्स’ प्रणालीले मध्य इरानमा खसालेको दाबी गरेको छ।
इरानको सरकारी समाचार एजेन्सी तस्निमले सो विमानका केही टुक्राहरूका तस्बिर सार्वजनिक गरेको छ ।

गत महिना पनि इरानले एउटा एफ-३५ लडाकू विमान खसालेको दाबी गरेको थियो। पछि अमेरिकी सेनाले एक विज्ञप्ति जारी गर्दै इरानमाथि आक्रमण गर्ने क्रममा एउटा एफ-३५ लडाकू विमानले आपतकालीन अवतरण गरेको बताएको थियो। उक्त जेटका पाइलटको अवस्था स्थिर रहेको सेनाले जानकारी दिएको थियो।
इरानले दोस्रो एफ-३५ लडाकू विमान खसालेको बारे अमेरिकाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

सम्बन्धित
















नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने
लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने
राष्ट्रपति पुटिन भेट्न इरानी विदेशमन्त्री रुसमा
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया