कोरोना फैलियो : खाली सिलिण्डर भरेर राख्नुस्
काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले डिलर र उपभोक्तालाई खाना पकाउने खाली सिलिण्डर भरेर राख्न अनुरोध गरेको छ । नेपालमा ग्यास आयात हुने मुलुक भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएकाले खाली सिलिण्डर भरेर राख्न संघले एक सूचनामार्फत जानकारी दिएको हो ।
गत वर्ष ग्यास भर्न उपभोक्ताहरूको चाप परेकाले यस वर्ष त्यस्तो नहोस् भनेर पहिले ने सूचना जारी गरिएको संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए । ‘गत वर्ष खाली सिलिण्डर एकै पटक बजारमा आउँदा आपूर्ति व्यवस्थामा समस्या देखियो,’ उनले भने, ‘यसपटक ग्यासको आपूर्ति व्यवस्था बिग्रिन नदिन र आपूर्तिलाई सहज बनाउन पहिले नै जानकारी दिएका हौँ ।’
गत वर्ष कोरोना महामारी बढेसँगै उपभोक्ता त्रसित हुँदा आपूर्तिको व्यवस्थामा कठिनाई उत्पन्न भएको थियो । यो वर्ष पहिले ने सचेत हुन आग्रह गर्दै पहिले नै पूर्वतयारी गर्न भनेको संघले जनाएको छ ।
नेपालले ग्यास ल्याउने भारतको मुख्य ठाउँहरुमा कोरोना कहर बढी रहेकाले सामान्य अवस्था हँुदैमा क्षमताले भ्याएसम्मको भण्डारण गर्न भनिएको हो ।
















द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव
स्थानीय तह निर्वाचनमा रास्वपाकाे उम्मेदवार बन्न क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमी उत्तीर्ण हुनै पर्ने
गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण गरेर बनेका संरचना खाली गर्न माग
Illegal structures at Sattale, Pathibhara and Tenjing Chowk of Kapan are being razed down
अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया