रुमन्देहीमा कोरोना प्रभाव
रुपन्देहीका सबै शिक्षण संस्थाहरु बन्द, सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने
सबै किसिमका पूर्व निर्धारित परीक्षाहरु समेत अर्को सूचना नआउँदासम्म स्थगित गर्ने निर्णय

बुटवल । कोरोना संक्रमण बढेँसँगै रुपन्देहीका सबै शिक्षण संस्थाहरु बन्द गर्ने र सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने भएको छ ।
आईतबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको सुरक्षा पदाधिकारी तथा स्थानिय तहका प्रमुख, अध्यक्ष एवम प्रतिनिधिहरुको बैठकले सबै स्थानिय तहका सबै शिक्षण संस्था बन्द गरेको निर्णय गरेको हो । यसको साथै सबै किसिमका पूर्व निर्धारित परीक्षाहरु समेत अर्को सूचना नआउँदासम्म स्थगित गर्ने निर्णय भएको छ ।
शैक्षिक संस्थाहरुले प्रत्यक्ष भौतिक उपस्थितिमा गरिने शिक्षण सिकाइको सट्टा बैकल्पिक माध्यमबाट शिक्षण सिकाइको व्यवस्था गर्न भनेको छ । यसकन साथै बैशाख १४ गते मंगलवारदेखि लागु हुनेगरी जिल्ला भित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय भएको हो ।
यस्तै बैठकले प्रत्येक पालिकामा कम्तिमा १ वटा एम्बुलेन्स तयारी अवस्थामा राख्न समेत निर्देशन गरेको छ ।

















इलाम–२ बाट एमाले उम्मेदवार सुहाङ निर्वाचित
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सल्यानमा नेकपाका मल्ल विजयी
रुकुम पश्चिममा नेकपाका शर्माले जित्दा जनार्दन शर्मा तेस्राे
सर्लाही ४ मा अमरेशकुमारले जित्दा हारे गगन
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया