उज्यालो नेटर्वकका पत्रकार पक्राउप्रति प्रेस संगठनको आपत्ति
संगठन भन्छः “सम्मानित उच्च अदालतको आदेशलाई समेत लत्याएर पत्रकारलाई पक्राउ गर्ने यस प्रकारको घटनाबाट सरकार निरंकुशतातर्फ अग्रसर भइरहेको तथ्य प्रमाणित हुन्छ ”

काठमाडौं । उज्यालो नेटवर्क डटकमका पत्रकार अनिश तामाङ पक्राउ गरेको घटनाप्रति नेपाल प्रेस संगठन नेपालले गम्भीर आपत्ती जनाएको छ । शाखाले आइतबार एक विज्ञप्ति जारी गदै सञ्चार गृहमा प्रहरीको हस्तक्षेप, सञ्चार सामाग्री नियन्त्रण र पत्रकार पक्राउ गर्ने घटनाको घोर भर्सना गरेको हो ।
प्रकाशित समाचारको विषयमा प्रश्न भए त्यसको समाधान खोज्ने निकाय हुँदाहुँदै सुरक्षाकर्मी कै सक्रियता देखिनुले केही गम्भीर प्रश्नहरु खडा भएका शाखाको विज्ञप्तिमा भनिएको छ । “सम्मानित उच्च अदालतको आदेशलाई समेत लत्याएर पत्रकारलाई पक्राउ गर्ने यस प्रकारको घटनाबाट सरकार निरंकुशतातर्फ अग्रसर भइरहेको तथ्य प्रमाणित हुन्छ ” विज्ञप्तिमा उल्लेख छ । पत्रकारहरुमाथि धरपकड गर्ने, पक्राउ गर्ने यस प्रकारका प्रेस स्वतन्त्रताविरोधी कार्य तत्काल रोक्न प्रेस संगठन नेपालले आग्रह गरेको छ ।
प्रेस विज्ञप्ति ०७८ वैशाख १२
नेपाल प्रहरीले अनामनगरस्थित कार्यालयमा प्रवेश गरेर उज्यालो नेटकवर्क अनलाइनका कार्यकारी सम्पादक अनिस तामाङलाई र बसुन्धाराबाट अनलाइनका महाप्रवन्धक डीएल तामाङलाई पक्राउ गर्नुका साथै उज्यालो नेटवर्कका अन्य पत्रकारहरुमाथि धरपकड र सञ्चार सामाग्री खोसेको घटनाप्रति प्रेस संगठन नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । प्रेस संगठन नेपाल प्रहरीको यस प्रकारको प्रेस स्वतन्त्रताविरोधी कार्यको घोर भ्रत्सना गर्दछ । नेपाली जनताको लामो संघर्षपछि प्राप्त सार्वभौम संविधानसभाबाट जारी संविधानले पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गरेको छ । यदि समाचारका विषयमा चित्त नबुझे त्यससम्बन्धी उजुरी लिने र आवश्यक कारबाही गर्ने जिम्मेवारी प्रेस काउन्सिल नेपाललाई छ । उज्यालो नेटवर्क अनलाइनले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रअका प्रमुखबीच गोप्य सहमति भएको भनी समाचार प्रकाशन/प्रशारण गरेकोमा यससम्बन्धी विवाद प्रेस काउन्सिल नेपालले निरुपण गरिसकेको, उच्च अदालत पाटनले उक्त समाचार लेखेकै आधारमा पत्रकारहरुमाथि धरपकड नगर्न अन्तरिम आदेश दिइसकेको सन्दर्भमा सोही विषयलाई लिएर पत्रकारलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रताको ठाडो उल्लङघन र निरंकुशताको पराकाष्ठा हो । सम्मानित उच्च अदालतको आदेशलाई समेत लत्याएर पत्रकारलाई पक्राउ गर्ने यस प्रकारको घटनाबाट सरकार निरंकुशतातर्फ अग्रसर भइरहेको तथ्य प्रमाणित हुन्छ । संविधान प्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको ठाडो उल्लङघन् गर्ने, सम्मानित अदालतको आदेशलाई लत्याउने यस प्रकारको निरंकुश कार्यको विरोधमा उत्रिने सबै पक्षसँग प्रेस संगठन नेपाल अपील गर्दछ । प्रेस संगठन नेपाल पत्रकार अनिश तामाङ र डीएल तामाङलाई विनाशर्त अविलम्ब रिहा गर्न र खोसिएका सञ्चार सामाग्रीहरु फिर्ता गर्न माग गर्दछ । साथै, पत्रकारहरुमाथि धरपकड गर्ने, पक्राउ गर्ने यस प्रकारका प्रेस स्वतन्त्रताविरोधी कार्य तत्काल रोक्न आग्रह गर्दछ ।
(महेश्वर दाहाल)
अध्यक्ष









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
प्रतिक्रिया