इराकको एक कोरोना अस्पतालमा आगोलागी हुँदा आइसियूमा भर्ना भएका ८२ जना मृत्यु

काठमाडौँ । इराकको राजधानी बगदादमा रहेको एक कोरोना भाइरस (कोभिड–१९) अस्पतालमा आगोलागी हुँदा आइसियूमा भर्ना भएका ८२ जनाको मृत्यु भएको छ । घटनामा सय जनाभन्दा बढी घाइते भएको समाचारमा जनाइएको छ ।
राजधानी बगदादको इब्न अल खतिब अस्पतालमा आइतबार आगोलागी भएको थियो । अस्पतालका प्रबन्ध निर्देशकका अनुसार अचानक विद्युत सर्ट हुँदा आगोलागी भएको हो । आगोलागी हुँदा अक्सिजनको प्लान्टसमेत जलेर नष्ट भएको समाचार जनाइएको छ ।
अस्पतालमा आफ्ना भाइलाई भेट्न आएका अहमद जकीले आगोलागी हुनुभन्दा पहिले एक विस्फोटको आवाज आएको बताए । घटना भएसँगै इराककी प्रधानमन्त्री मुस्तफा अल कदिमीले बगदाद स्वास्थ्य विभागका डाइरेक्टर जनरललाई बर्खास्त गरिदिएका छन् । यसका साथै प्रधानमन्त्रीले अस्पतालका म्यानेजर र व्यवस्थापनका इञ्जिनियरलाई समेत हटाइदिएका छन् ।
घटनासँगै प्रधानमन्त्रीले देशका प्रमुख अधिकारीसँग आपत्तकालीन छलफल गरेका थिए । उनले लापरवाही गर्नेलाई सजाय दिने बताउँदै जाँचबुझका लागि आयोग गठन गरी २४ घण्टाभित्र रिपोर्ट पेश गर्न निर्देशन दिएका छन् । एजेन्सी
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया