‘कम्बोडियामा काम लगाइदिन्छु’ भन्दै ३९ लाख रुपैंयाँ ठगी गरेको अभियोगमा २४ वर्षीय युवक पक्राउ
मेरोन्यूज
२०७८ वैशाख १२ गते १८:१७

काठमाडौं । कम्बोडिया पठाइदिन्छु भन्दै ३९ लाख रुपैंयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेको छ ।
महानगरीय अपराध महाशाखाले मकवानपुरको बागमती गाउँपालिका९८ भवानचुली घर भएका २४ वर्षीय विजय भन्ने आयुष मोक्तानलाई शुक्रबार मकवानपुरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका मोक्तानले काभ्रे पाँचखालका प्रेमबहादुर तामाङसहित ६ जनालाई भिजिट भिषामा कम्बोडिया जान प्रतिव्यक्ति ६ लाख ५० हजार रुपैयाँ लाग्ने र कम्बोडिया पुगेपछि क्यासिनोमा काम लगाइदिन्छु भन्दै उनीहरुबाट ३९ लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।
मोक्तानलाई पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















मुआब्जा विवादले रेल्वेको काम रोकियो
कतारको ग्यास पूर्वाधारमा थप आक्रमण भएमा इरानको ग्यास क्षेत्र ध्वस्त पारिदिने ट्रम्पको चेतावनी
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
कीर्तिमानको रोचक यात्राः राेनाल्डाे पछि मेसी बने ९०० गाेलकाे राेचक यात्रा पुरा गर्ने फुटबलर
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
प्रतिक्रिया