काेराेनाले आक्रान्त भारतलाई सहयाेग गर्ने पाकिस्तानकाे इच्छा

इस्लामावाद । कोरोना भाइरसको दोस्रो लहरमा महामारीका कारण अति प्रभावित भएको भारतलाई अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गर्न पाकिस्तान तयार पाकिस्तानी अधिकारीले बताएका छन् । पाकिस्तानको विदेश मन्त्रालय आइतबार एक वक्तव्य जारी गरी पाकिस्तान भारतीय नागरिकलाई सहयोगका लागि तयार रहेको जानकारी दिएको हो ।
“महामारीको यो सङ्कटका बेला हामी भारतका नागरिकको साथमा छौँ । पाकिस्तान सहयोग स्वरुप भारतलाई भेन्टिलेटर, बाइपेप मेसिन, डिजिटल एक्स–रे मेसिन, पिपिई किट र अत्यावश्यक स्वास्थ्य सामग्री दिन चाहन्छ ।” पाकिस्तानका विदेश मन्त्री शाह महमूद कूरेशीले आफ्नो आधिकारिक ट्वीटरमा गरेको पोस्टमा भनिएको छ, “पाकिस्तान मानवतालाई प्राथमिकता दिने नीतिमा विश्वास गर्छ ।”
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि भारतका नागरिकप्रति सहानुभूति व्यक्त गर्दै भनेका छन्, “छिमेकी तथा विश्वभर घातक भाइरसका कारण समस्या भोगीरहेकाहरुको शीघ्र स्वास्थ्य लाभका लागि पाकिस्तान प्रार्थना गर्दछ ।” यसैगरी युरोपेली संघ र अमेरिकाले पनि भारतमा देखिएको महामारीलाई कम गर्न आवश्यक सहयोग गर्न उनीहरू तयार रहेको आइतबार बताएका छन् ।
कोरोना भाइरसको महामारी विश्वकै सङ्कट रहेकाले सम्पूर्ण मानव समुदाय मिलेर जुध्नु पर्छ । यसैबिच गएको शुक्रबार विश्व स्वास्थ्य संगठनले भारतमा महामारी तीव्र रुपमा बढिरहेको र त्यो अति चिन्ताको विषय रहेको बताएको थियो। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा (शनिबार) मा तीन लाख ४९ हजार ६९१ जनामा संक्रमण पुष्टि भएको छ ।
सो अवधिमा कोभिड–१९ बाट दुई हजार ७६७ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोभिड–१९ बाट एक लाख ९२ हजार ३११ व्यक्तिको मृत्यु भइसकेको छ । कुल संक्रमितको संख्या एक करोड ६९ लाख ६० हजार भन्दा धेरै पुगेको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ। शुक्रबार एकै दिन तीन लाख ४६ हजार ७८६ जनामा संक्रमण भएको थियो भने २६ सय २४ जनाको ज्यान गएको थियो ।
















हवाई भाडा महँगिने : हवाई इन्धनमा झन्डै दोब्बर मूल्य वृद्धि
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया