कोरोनाको चुनौती सामना गर्न प्रभावकारी व्यवस्थापन आवश्यक- प्रहरी महानिरीक्षक

काठमाडाैं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कोरोनाको चुनौती सामना गर्न नेपाल प्रहरीले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन् ।काठमाडौँ उपत्यकाका प्रहरी कार्यालयका प्रमुखलाई आज प्रहरी प्रधान कार्यालयमा निर्देशन दिँदै उनले कोभिड–१९ को दोस्रो लहरबाट सिर्जित समस्या तथा चुनौतीलाई दृष्टिगत गरी यसको नियन्त्रणका लागि चाल्नुपर्ने कदम तथा प्रभावकारी व्यवस्थापनमा प्रहरी सक्रिय रुपमा लाग्नुपर्ने बताए ।
उनले कोभिड–१९ को सङ्क्रमण रोक्न नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयन गराउनु प्रहरीको प्रमुख दायित्व रहेको बताए । उनले कोभिडसँग लड्न अन्य सुरक्षा निकायलगायत सरोकारवालासँग आवश्यक समन्वय, सहकार्य र अनुगमनमा तीव्रता दिनुपर्ने बताए ।
सङ्गठनले तय गरेका नीति तथा योजना व्यवहारमा लागू गर्दै परिणाम देखिने गरी कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो । प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सम्भाव्य चुनौती सामना गर्न वैकल्पिक व्यवस्थालाई थप प्रभावकारी बनाउनेतर्फ सबै प्रहरी कर्मचारी अग्रसर हुनुपर्ने उल्लेख गरे ।
उनले कोभिड नियन्त्रणमा अपनाइने मास्क, स्यानिटाइजरको प्रयोगलगायत सम्पूर्ण सुरक्षा विधिको पूर्ण पालना गर्ने तथा उपचार व्यवस्थापन चुस्त राख्नसमेत निर्देशन दिए ।








मंगलबार कति छ सुनको भाउ ?
‘पानी बोकेरै जवानी गयो, अहिले आनन्द छ’
बालबालिकाले पक्की भवनको कक्षा कोठामा बसेर पढ्न पाउँदा…
जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
सुदूरपश्चिमको विजयी यात्रा रोकियो, विराटनगरको शानदार जित
एनपिएलमा प्लेसिसले पुरा गरे कीर्तिमानी अर्धशतक
प्रतिक्रिया