आजको मौसमः उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बद्ली

काठमाडौं । आज उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बद्ली हुनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम विज्ञान विभागले जनाएको छ । हाल देशमा स्थानीय वायुको प्रभाव रहको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
सोमबारः दिउँसो पहाडी भू–भागमा आंशिक बद्ली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । राति प्रदेश नं १, प्रदेश नं २ लगायत पहाडी भू–भागमा आंशिक बद्ली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
मंगलबारः दिउँसो देशका पहाडी भू–भागमा आंशिक बद्ली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भूभागका एक दुई स्थानमा अपरान्हपछि मेघगर्जन, चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ । राति पहाडी भू–भागमा आंशिक बद्ली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
बुधबारः दिउँसो प्रदेश नं १, प्रदेश नं २ लगायतका पहाडी भू–भागमा आंशिक बद्ली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानमा अपराह्न पछि मेघगर्जन, चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । राति प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बद्ली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ ।
















यी हुन् बालेन सरकारका १५ मन्त्री
Slight fall in gold, silver prices
दाङमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया