श्रमजीवी पत्रकारको समस्या समाधानमा सम्पादककाे जोड

काठमाडाैं । विभिन्न समाचार माध्यममा कार्यरत सम्पादकले समाचार कक्षसँगको सम्बन्ध सुमधुर बनाएमात्र श्रमजीवी पत्रकारको समस्या समाधानका लागि सहज हुने बताएका छन् । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिले आइतबार विभिन्न सञ्चारमाध्यममा कार्यरत सम्पादकसँग गरेको छलफल तथा बहसमा उनीहरूले महासङ्घका सदस्य र सम्पादकमात्र नभएर सञ्चार उद्यमीसँग निरन्तर संवाद गरेमात्र श्रमजीवी पत्रकारको समस्या समाधान हुने बताए ।
कार्यक्रममा नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेलले पत्रकार महासङ्घमा व्यावसायिक पत्रकारको उपस्थिति बढ्दै जानु खुशीको कुरा भएको बताउँदै महासङ्घले श्रम सुरक्षासँगै व्यावसायिक दक्षतामा पनि ध्यान दिनुपर्नेमा जाेड दिए । इकागज डटकम अनलाइन मिडियाका प्रधान सम्पादक हरिबहादुर थापाले श्रमजीवी पत्रकारका समस्याका बारेमा महासङ्घ चनाखो भएर लाग्नुपर्ने बताए । महासङ्घ चुप लागेर बस्दा कतिपय विषय पूरा हुन नसक्ने उनको भनाइ थियो ।
रिपब्लिका दैनिकका सम्पादक सुवास घिमिरेले महासङ्घ, सम्पादक र पत्रकारबीच ‘मिस कम्युनिकेसन’ हुँदा पत्रकारका समस्या समाधान हुन नसकेको बताए । नेपाल बहस डटकम अनलाइनका प्रधान सम्पादक चेतन अधिकारीले पत्रकार महासङ्घ व्यावसायिकभन्दा पनि राजनीतिक चरित्रको भएको बताए । सञ्चारिका समूहका अध्यक्ष नितु पण्डितले श्रमजीवी पत्रकारका लागि महासङ्घले निरन्तर आवाज उठाउनुपर्ने बताइन् ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया