काेराेना भाइरस
आज मन्त्रिपरिषद् बैठक बस्दै, सिसिएमसीको सिफारिशमाथि छलफल हुने
आजै काठमाडाैं, भक्तपुर र ललितपुरका सिडियाेकाे पनि संयुक्त बैठक

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले कोरोना नियन्त्रण गर्न सिफारिश गरेको विषयमाथि छलफल गर्न आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । मुलुकमा फेरि कोरोना भाइरसको दोस्रो लहर देखापरेको छ । सिसिएमसीले कोरोना नियन्त्रणका लागि विभिन्न निर्णय गर्न मन्त्रिपरिषदमा सिफारिश गरेकाे छ ।
सिसिएमसीले आइतबार ग्रामीण क्षेत्रमा २०० र शहरी क्षेत्रमा ५०० सक्रिय संक्रमित भेटिए निषेधाज्ञा जारी गर्न स्थानीय प्रशासनलाई अधिकार प्रत्योजन गर्न मन्त्रिपरिषद्मा सिफारिश गरेको थियो । सिसिएमसीले सबै तहका परीक्षा आजदेखि स्थगित गर्ने निर्णय पनि गरेको छ ।
आजै काठमाडाैं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीकाे संयुक्त बैठक पनि बस्दैछ । बैठकमा काेराेना नियन्त्रण गर्न चाल्नुपर्ने कदमका बारेमा छलफल हुनेछ ।
काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले आजदेखि अत्यावश्यक सेवा बाहेकका सबै काम एक साताका लागि स्थगित गरेका छन् । कोभिड संक्रमणको दोस्रो लहर बढ्दै गएकाे भन्दै तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले अत्यावश्यकबाहेक अन्य नियमित काम बन्द गर्ने निर्णय गरेको थियाे ।

















चितवन राष्टिय निकुञ्जको २ सय ५ गोही नदीमा छाडियो
कैलालीमा ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु
बागलुङमा ११ सडक धमाधम स्तरोन्नति हुँदै
Woman murdered by husband
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतीमा हुँदैछ काराेबार ?
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
प्रतिक्रिया