उपत्यकामा दुई साता ‘लकडाउन’ गर्न तीन जिल्लाका सिडियोको प्रस्ताव
आजको मन्त्रिपरिषद बैठकमा छलफल हुने

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र बनेपछि काठमाडौँ, भक्तपुर र ललितपुरका सिडियोले कम्तीमा पनि दुई साता लकडाउन गर्न प्रस्ताव गरेका छन् । गृह मन्त्रालयमा आइतबार भएको बैठकमा उपत्यकाका तीनै जिल्लाका सिडियोले कोरोनाको ‘चेन ब्रेक’ गर्न कम्तीमा दुई साता निषेधाज्ञा जारी गर्न अत्यावश्यक भइसकेको बताएका थिए ।
बैठकमा गृहमन्त्री रामबहादुर थापाले प्रमुख जिल्ला अधिकारीको सुझावलाई कोभिड–१९ संकट व्यवस्थापक केन्द्र (सिसिएमसी) र मन्त्रिपरिषद् बैठकमा जानकारी गराउने बताएका थिए । बैठकमा गृहसचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको सहभागिता थियो ।
लकडाउननै काेराेना नियन्त्रणकाे उपाए नभए पनि तीव्र गतिमा फैलिएकाे संक्रमण राेक्न तत्काल कुनै न कुनै कदम चाल्न सकारमाथि दबाब परेकाे छ । जनजीवन प्रभवित हुने गरी लकडाउन नगर्ने सरकारकाे तयारी छ । गतवर्ष कडा खालकाे लकडाउन गर्दा सर्वसाधारणले निकै सास्ती व्यहाेरेका थिए ।
आइतबारै साँझ बसेको सिसिएमसीको बैठकले पहाडी क्षेत्रमा २०० र शहरी क्षेत्रमा ५०० सक्रिय संक्रमित नाघेपछि निषेधाज्ञा जारी गर्न सिफारिश गरेको थियो । यस्तै सिसिएमसीले सबै तहका परीक्षा तत्कालका लागि स्थगन गर्ने निर्णय पनि गरेको थियो ।
उपत्यकामा कोरोना संक्रमण बढेसँगै तीन वटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् । कोरोना नियन्त्रण गर्न अख्तियार गर्नुपर्ने निर्णय लिन आजै काठमाडौँ, भक्तपुर र ललितपुरका सिडियोको संयुक्त बैठक बस्दैछ । आजै अपराह्न ५ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक पनि बस्दैछ । बैठकमा सिसिएमसीको सिफाशिबारे छलफल हुनेछ ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया