बागमती प्रदेशमा एकैदिन ९ जना संक्रमितको मृत्यु

काठमाडौं । बागमती प्रदेशमा एकैदिन कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ ।
पछिल्लो समय कोरोना संक्रमणका कारण मृत्यु हनेमा सबैभन्दा बढी काठमाडौं उपत्यकामा रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश अन्तर्गतका १३ जिल्लामध्ये काठमाडौं मात्र कोरोना संक्रमणका कारण आइतबार एकैदिन ४ जनाको मृत्यु भएको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाडौंमा मुत्यु भएकामा ४९, ५५, ७०, ७५ वर्षका पुरुष छन् ।
कोरोना संक्रमणका कारण ललितपुरका २ जना, भक्तपुर, नुवाकोट र सिन्धुपाल्चोकका १/१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मृतकहरु सबैको स्वास्थ्यमा कोरोना संक्रमणसँगै मधुमेह, उच्च रक्तचाप, दम, निमोनिया र मिर्गौला सम्बन्धी स्वास्थ्य समस्या थियो ।
कोरोना संक्रमणबाट आइतबार एकैदिन बागमती प्रदेशका १ हजार ५८५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया