विराटनगरको गोदामबाट अवैध हतियार सहित १ जना पक्राउ
छापा मार्न पुगेको राजस्व अनुसन्धान कार्यालयको टोलीद्वारा पेस्तोल बरामद

मोरङ। जिल्लाको विराटनगरमा रौनियारले सञ्चालन गरेको गोदाममा छापा मार्न पुगेको राजस्व अनुसन्धान कार्यालयको टोलीले पेस्तोल बरामद गरेको छ ।
तस्करीको सामान लुकाएको आशंकामा छापामार्न गएको राजस्व विभागले १ थान कटुवा पेस्तोल र दुई राउण्ड गोली गोली बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक सन्तोष खड्काका अनुसार गोदाममा छापा मार्ने क्रममा कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली बरामद गरिएको हो ।
तस्करीको कपडा र हार्डवेयरका सामग्री लुकाएको आशङ्कामा राजस्व अनुसन्धान र प्रहरीको टोली आइतबार साँझ विराटनगर–७ धाडेवा रोडमा रहेको गोदाममा पुगेको थियो ।
गोदाममा पेस्तोल भेटिएपछि कामदार इटहरी उपमहानगरपालिका १७ घर भई विराटनगर बस्दै आएका २४ वर्षीय सुजितकुमार साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक खड्काले बताए ।
प्रहरीका अनुसार रौनियारले आफूसँग कारोबार गर्ने व्यक्तिलाई तर्साउनका लागि पेस्तोल राखेको बताएका छन् । तर पेस्तोल भेटिएपछि सुजित कुमार साहले आफूले नै राखेको स्वीकार गरेका थिए । ‘रानीमा पेस्तोल भेटेपछि ल्याएर राखेको साहको तर्क छ’ प्रहरी स्रोत भन्छ, ‘रौनियारको कारोबार पारदर्शी छैन, आफ्ना कारोबारीलाई तर्साउनका लागि रौनियारले नै राखेको आशङ्का छ ।’
पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
प्रतिक्रिया