‘कोरोना रोक्न सबै जना आफैमा सचेत हुन आवश्यक छ’

काठमाडौँ । देशभर कोरोना भाइरस (कोभिड–१९)को संक्रमण तीव्र गतिमा फैलिएसँगै प्रहरीले सचेतनाको कार्यक्रमलाई कडाईका साथ कार्यन्वयन गरेको छ । गत ६ गते सरकारले कोरोना संक्रमण बढेको भन्दै रोकथामका निर्णय गरी प्रहरीलाई कार्यन्वयन गर्न निर्देशन दिएको थियो ।
‘देशभर कोरोना भाइरसको संक्रमण बढेपछि नियन्त्रण गर्न सरकारले गत ६ गते केही निर्णय गरेको छ,’ प्रहरी प्रवक्ता बसन्त बहादुर कुँवरले भने, ‘हामीले सोही निर्णयलाई कडाईका साथ पालना गराउन लागेका छौँ, यसका लागि सबै जना आफै पनि सचेत हुन आवश्यक छ ।’
कोरोना संक्रमणको दर बढेसँगै प्रहरीले माक्स नलगाउनेहरूलाई कारबाही गर्ने, सवारी साधानमा सिट क्षमताभन्दा बढी यात्रु चढाए कारबाही गर्ने, माक्स लगाउन सबैलाई प्रेरित गर्ने जस्ता सचेतनाको कामलाई कडाईका साथ पालना गराउँदै आएको छ ।
‘प्रहरीले कडाई गर्दैमा कोरोना रोकिने छैन, यसका लागि सर्वसाधरण, विभिन्न संघ संस्था, नियमक निकाय सबैले आ–आफ्नो ठाउँबाट पहल कदमी चाल्नु पर्छ,’ प्रहरी प्रवक्ता कुँवरले भने, ‘अब सबै आफैमा सचेत हुनु पर्ने बेला आइसकेको छ ।’
सरकारले गत ६ गते कोरोना संक्रमण नियन्त्रण गर्न भन्दै बढी भीडभाड हुने क्षेत्रहरु फिल्म हल, होटल तथा रेष्टुरेन्ट, जिम हललगायतलाई नियन्त्रण गर्न भनिएको थियो । यस्तै, सवारी साधनहरुलाई समेत कडाईका साथ नियमन गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया