जनता सचेत हुनुपर्छ : शिक्षामन्त्री

चितवन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले रहरले शिक्षण संस्था बन्द नगरिएको बताएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयको मङ्गलबार हुने दीक्षान्त समारोहमा सहभागी हुन आज चितवन आएका श्रेष्ठले भर्चुअल माध्यमबाट शिक्षण विधिलाई अगाडि बढाउन निर्देशन दिइएको जानकारी दिए ।
उनले भने “आजदेखि ए लेभलबाट कुनै पनि परीक्षा नचलाउने निर्णय गरिएको छ ।” उनले एक हजार ८०० विद्यार्थीको भविष्यसँग जोडिएका कारण भर्चुअल माध्यमबाट विश्वविद्यालयको दीक्षान्त समारोह गर्न लागिएको प्रष्ट पारे । उनले भने “विधि र प्रक्रिया पुर्याउनका लागि मात्र कार्यक्रम गर्नुपरेको हो ।” तत्काल सरकार बन्दाबन्दीका पक्षमा नरहेको जनाउँदै उनले भने“बन्दाबन्दी गर्नुपर्छ भन्ने पक्षमा अहिले सरकार छैन ।
स्वास्थ्य मापदण्डलाई पालना गरेर सबै हिँड्नुपर्यो ।” परिस्थिति खतरा भयो भने बन्दाबन्दी पनि गर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ थियो । मन्त्री श्रेष्ठले भने, “सरकार मात्र कराएर हुँदैन, जनता पनि सचेत हुनुपर्छ ।” हामी सबै मिलेर समाधानको बाटातिर जानाको विकल्प नरहेको उनले बताए । निराश भएर नआत्तिन अनुरोध गर्दै उनले उच्च मनोबलका साथ व्यवस्थापन गर्दै जानुर्ने बताए । रासस









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
प्रतिक्रिया