यी हुन् परीक्षाअघि नै प्रश्नपत्र बाहिर ल्याउने पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारी र विद्यार्थी
मोरङ । पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङमा हुन लागेको इञ्जिनियरिङ संकायतर्फको बिई दोस्रो सेमेस्टरको फिजिक्स विषयको मूल प्रश्नपत्र परीक्षाअगाडि नै बाहिर ल्याएको अभियोगमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका ८ बस्ने ४४ वर्षीय कोमल प्रसाद गौतम, संखुवासभा मादी नगरपालिका ६ बस्ने ३५ वर्षीय गोपाल कार्की, रूपन्देही तिलोचन नगरपालिका १२ बस्ने ३० वर्षीय विजय पोखरेल रहेका छन् ।
यस्तै, गोरखा भिमसेन गाउँपालिका १ बस्ने ३२ वर्षीय मिन प्रसाद भट्ट, गोरखा गण्डकी गाउँपालिका ३ बस्ने ३१ वर्षीय भरत पठन, गोरखाकै गोरखा नगरपालिका ४ बस्ने २६ वर्षीय विकास खड्का, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ४ बस्ने २८ वर्षीय निर्मल खड्का, महोत्तरी रामगोपालपुर नगरपालिका ९ बस्ने २९ वर्षीय नानिपथ मण्डल, सप्तरी वोदेवरसाईन नगरपालिका ७ बस्ने २९ वर्षीय जीवन कुमार यादव र सप्तरी अग्नीसायर कृष्णसवरण गाउँपालिका ५ घर भई भक्तपुर लोकन्थली बस्ने २६ वर्षीय महेश यादव रहेका छन् ।
परीक्षा हुनुअगाडि नै उनीहरूले प्रश्नपत्र बाहिर ल्याएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले अनुसन्धानमा खटिएका थिए । सोही क्रममा उक्त विश्वविद्यालयका फोटोकपी गर्ने कर्मचारीले सामाजिक सञ्जाल प्रयोग गरी प्रश्नपत्र बाहिर ल्याएको भन्ने खुल्न आएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरू उपर शिक्षा ऐन, २०२८ बमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
ट्रम्पको सम्बोधन लगत्तै इरानद्वारा मिसाइल प्रहार सुरु
इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले भने-इरान विरुद्धको युद्धमा अमेरिकाकाे ‘अभूतपूर्व विजय’
प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटुमा शक्तिशाली भूकम्प
प्रतिक्रिया